माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सकारात्मक छु : प्रमुख दाहाल

Image
चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व भनि राजपत्रमा अंकित हुनुपर्ने बताएकी छिन् । कुमाल समाज नेपालले माघे सङ्क्रान्तिको अवसरमा भरतपुर–२८ गोलाघाटमा गरेको माघे सङ्क्रान्ति बृहत राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वमा प्रकाशित गर्न सक्दो पहल गर्ने उल्लेख गरिन् । कुमाल समुदायले उठाएको मागमा एकेवद्धता र समर्थन रहेको प्रमुख दाहालले प्रष्ट पारिन्। प्रकृति पूजक कुमाल जातिले माघे संक्रान्तिलाई सबैभन्दा ठुलो पर्वका रुपमा मनाउदै आएकाले यसका लागि जोडदार आवाज उठाउन आवश्यक रहेको प्रमुख दाहालको भनाइ छ । उनले कुनै पनि अधिकार स्थापित गर्न आ–आफ्नो ठाँउबाट जागरुक हुनुपर्ने र आवाजलाई बुलन्द पार्न आह्वानसमेत गरिन् । संघीय गणतन्त्रको स्थापनापछि राज्यको हरेक तह र निकायमा कुमाल समुदायको उपस्थिति रहेपनि यो प्रयाप्त नभएकाले पूर्ण अधिकार थप संघर्ष गर्न जरुरी रहेको उनले बताइन् । ‘हिजोको दिनमा कुमालको छोरा छोरी राष्ट्रिय तहमा सांसद हुने कुरा दुरदराजको कुरा थियो, राष्ट्रको केन्द्रीय तहमा प्रतिनिधित्व गर्नुभएको छ, तर यो पुरा भएको छैन, ’ उनले भनिन्। माघे संक्रान्ति पर्वलाई मगर, थारु, छन्त्याललगायतलाई समुदायको राष्ट्रिय पर्वका रुपमा नेपाल सरकारले घोषणा गरी राजपत्रमा प्रकाशित ग¥यो, तर, कुमाललाई त्यहाँ पनि कुमाल समुदायलाई ईङगित गर्न हुने थियो भनेर विगतदेखि कुमाल समुदाय माग गर्दै आएको प्रमुख दाहालले बताइन् । माघे संक्रान्ति पर्वलाई राष्ट्रिय पर्वमा लाने विषयमा मन्त्रिपरिषद बैठकमा निर्णय गराएर राजपत्रमा प्रकाशित गराउने कुरामा जिम्मेवार र जोडदार ढङगबाट अघि बढ्ने उनको भनाई थियो । कार्यक्रममा नेपालका ७० जिल्लाबाट २० हजार जना कुमाल समुदायको उपस्थिति रहेको थियो ।
Tags: