हाँस्य विधाको नेपालकै पहिलो रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’को तयारी तीव्र

Image
काठमाडौं– नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो सीजन छिट्टै प्रसारणमा आउने भएको छ । डिजिटल अडिसनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्रि–जजिङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा लगिएको आयोजकले जानकारी दिएको छ । हाल उक्त अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन शुरु गरिएको जानकारी बताइएको छ । पहिलो सिजनमा हिमेश पन्त, सुमन कार्की, दलेदाईको उत्कृष्ट प्रस्तुतिबाट चर्चामा आएको यो शो दोस्रो सिजनमा भरतमणिको “पारस” र “घरबेटी” तथा सन्तोष थापाको “नेपाली टीचर” र विक्की अग्रवालको पान्टोमाइमले कार्यक्रमलाई झनै यादगार बनाएको थियो । तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केही सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न सकिने आयोजकले जानकारी दिएको छ । कान्तिपुर टेलिभिजनमा तथा डिजिटल पार्टनर ओ.एस.आर. रियालिटीमा शिघ्र प्रसारणमा आउन लागेको यो शोको मार्केटिङको जिम्मा मिडिया एजेन्सी ए.डि. रिलिजले लिएको छ । उक्त एजेन्सीका अनुसार मुख्य प्रायोजकहरुमा डिशहोम फाईबरनेट, आई.एम.ई. लाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यति कार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै के.एल. दुगडद्वारा प्रवद्र्धन गरिएको स्काईवर्थ होम अप्लाएन्सेस् रहेका छन् भने थप प्रायोजकहरु जेडिने क्रममा छन् । त्यस्तै, भोटिङ पार्टनरमा खल्ति तथा मेक अप पार्टनर दी वान युनिसेक्स् सालोन् रहेका छन् भने वार्डरोबको व्यवस्थापनमा त्रीशूल र गराज रहेका छन् । कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् । निर्माण पक्षका अनुसार यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोही बराबरको गाडी जित्नेछन्। कार्यक्रमको डेट अनाउन्समेन्ट यहि साता निर्माण पक्ष थ्री प्रोडक्सन, ब्रोडकास्टर कान्तिपूर टि.भि. तथा मार्केटर ए.डि.रिलिजद्वारा संयुक्त रुपमा आयोजना गरिने प्रेस मिटमार्फत सार्वजनिक गरिने बताइएको छ।
Tags: