सुनिताको ‘खर्च माग्दिन’ बजारमा

Image
अमेरीका – गीतकार सुनिता बस्नेत थापाको तीजको ‘खर्च माग्दिन’ सार्वजनिक भएको छ । दिपक शर्माको सॅगीत, नरेन्द्र वियोगीको एरेनेजमेन्ट सहित रानी शाक्यको मधुर आवाजमा रहेको गीत हालै रिलिज भएको हो। ‘खर्च माग्दिन’ नामक सॅदेशमुलका गीतमा चर्चित मोडल विना राउत लगायत दर्जन बढी कोरसले नृत्य गरेका छन्। भिडियोमा देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी छ।विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । सुनिता, रानी र विनाले केहि महिना अघि चर्चित गीत ‘सुटुक्कै’ मा सहकार्य गरे पश्चात यो दोश्रो सहकार्य हो। अहिलेको जमानामा महिलाहरु सक्षम भएर आफ्नो जिन्दगीको रथ निडर हॅाकी रहेको परिप्रेक्ष्यलाई यी ३ सबल नारीहरुले सामाजिक जागरण उजागर गर्ने उदेश्यले सो गीतको सिर्जना भएको सुनिता बस्नेत थापा बताउँछिन्। गीतको भाव र अभिनय हेर्दा यो गीत तीजको तडकभडक र देखासिकीलाई चुनौती बन्न सक्ने निश्चित रहेको उनको भनाई छ । रानी शाक्यको युट्टुब च्यानलबाट प्रशारित गीत अन्य डिजिटल माध्यम Spotify, Amazon Music, Apple Music, Tidal, Deezer, iTunes, Tiktok,Saavan, Pandora, Snapchat, Vevo आदिमा उपलब्ध रहेको छ। https://youtu.be/MWuKSYX02mU
Tags: