नेपाल ज्योतिष परिषदद्वारा आध्यात्मिक र सामाजिक काममा सम्मानित

Image
हरिकृष्ण ऐडी | मुगु – नेपाल ज्योतिष परिषद काठमाडौं केन्द्रीय कार्यालयबाट मुगुका आध्यात्मिक र समाजसेवी चारजना लाई सम्मान गरेको छ । नेपाल ज्योतिष परिषदको २६ औं वार्षिकोत्सव र स्थापना दिवसको रजत महत्सव समारोह २०८० मा मुगुबाट विश्व हिन्दु महासंघकी केन्द्रीय सदस्य र नेपाल ज्योतिष परिषदको आजीवन केन्द्रीय सदस्य चेतना मल्ल शाही, आध्यात्मिक र समाजसेवी चित्रबहादुर मल्ल, किशोर मल्ल र विष्णुप्रसाद चौलागाई सम्मानित भएका हुन् । आध्यात्मिक र सामाजिक कार्यमा लैङ्गीक हिंसा, बालबालिकाको हकहित र पर्यटन प्रवद्र्धनमा भुमिका खेले वापत उनीहरुलाई कदर पत्रले सम्मान गरेको बताइएको छ । नेपाल ज्योतिष परिषद काठमाडौं केन्द्रीय कार्यालयको आफ्नो स्थापनाकाल देखि नै समाजिक क्षेत्रमा निस्वार्थ रुपमा समाजलाई धार्मिक क्षेत्र देखि समाजसेवा सम्म काम गर्दै आउँदा यो सम्मान पाएको चेतना मल्ल शाहीको भनाइ छ । उनले भनिन्, ‘हामी सबै नेपालीले हिन्दु धर्मको मर्म उद्देश्य अनुसार धर्मलाई संरक्षण गर्न हामीसबै हिन्दुहरू आज एक जुट भइ हिन्दु धर्मलाइ जोगाउन नितान्त आवश्यक छ ।’ जिल्लाको खत्याड गाउँपालिका , सोरु गाउँपालिका मुगमकार्मारोङ गाउँपालिका र छायाँनाथ रारानगरपालिकाका वडा स्तरमा केही दिनभित्रनै विश्व हिन्दु महासंघको मर्म र धर्म अनुसार हिन्दु घर्मको संरक्षणका लागि समिति गठन गरिने उनको योजना छ ।
Tags: