सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिशहोम

Image
काठमाण्डौं– इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेट सबैभन्दा सस्तो दरमा इन्टरनेट सेवा प्रवाह गर्ने कम्पनी रहेको पाइएको छ । नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवाप्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको हो। डिशहोमले सबैभन्दा कम शुल्कमा २०० एमबीपीएसको उच्च स्पीडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । इन्टरनेट प्रदायक कम्पनीहरुको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको बताइएको छ । नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीहरुको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निष्कर्ष छ । तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमध्ये २०० एमबीपीएस इन्टरनेट प्याकेजमा डिशहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखिएको हो । नयाँ जडान गर्ने ग्राहकका लागि डिशहोम फाइबरनेटले सदस्यता शुल्कमा ११ हजार १५ रुपैयाँको प्याकेज प्रदान गर्दै आएको छ ।उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीले जानकारी दिएको छ । डिशहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पीड इन्टरनेट उपलब्ध गराउने प्रतिवद्धताअनुसार सेटअप शुल्क जम्मा ५०० रुपैयाँ मात्र तोकेको छ । एक वर्षभरि ग्राहकले ११ हजार १२१ रुपैयाँमा २०० एमबीपीएसको इन्टरनेट सुविधा लिन सक्छन्। डिशहोम फाइबरनेटको प्रतिस्पर्धी मूल्य निर्धारण रणनीतिले उच्च गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा कमी नआउने कम्पनीले स्पष्ट गरेको छ । डिशहोमले ल्याएको ग्राहक केन्द्रित नयाँ रणनीतिले छिटो र भरपर्दो इन्टरनेट सेवाको माग माग बढ्दै गएको आजको अवस्थामा ग्राहकहरुका लागि विकल्प हुन सक्ने विश्वास कम्पनीको छ ।  
Tags: