चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाटे बाघ बढे

Image
काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा १४ पाटे बाघ भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाईगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने जैविक मार्गमा बाघको अवस्था बुझ्न गतअसोज २५ गते देखि सुरु गरिएको क्यामेरा ट्रयापिङ्गको कार्य सम्पन्न भए पश्चात यो तथ्यांक पाइएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । अनुगमन कार्यमा ६२ वटा ग्रिडमा बिभाजन गरी सेन्सर जडित ६२ जोडी क्यामेरा २र२ वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको उनले बताए । करिब ४० दिन सम्म संचालन गरिएको अनुगमन कार्यमा ८ पोथी र ६ भाले गरी जम्मा १४ वटा पाटे बाघ रहेको अनुमान गरिएको उनको भनाइ छ । सोमेश्वर जैविक मार्गमा सन् २०१८ को राष्ट्रिय बाघ सर्वेक्षणमा ३ वटा र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा ८ वटा बाघ फेला परेका थिए । संरक्षण कार्यमा स्थानीय समुदाएको सहभागिता र कार्यालयको अथक प्रयासले करिब ५ वर्षको अवधिमा बाघको संख्या उल्लेख्य रुपमा वृद्धि भएको उनको भनाइ छ ।
Tags: