सक्सेसका ‘सक्सेसफूल’ १० वर्ष, आजदेखि ११ वर्ष प्रवेश

Image
काठमाडौं– सक्सेस अव्रोड स्टडीले सफलताका १० वर्ष पूरा गरेको छ । बागबजार स्थित सक्सेस आजदेखि एघारौं वर्षमा प्रवेश गरेको हो। विदेश अध्ययनका लागि जाने विद्यार्थीको रोजाइ बनेको सक्सेसले शैक्षिक परामर्श सेवाका काम गर्दै आएको छ । संस्थाका कार्यकारी निर्देशक भवनाथ हुमागाईं सक्सेसका १० वर्ष धेरै उतारचढावकाबीच यहाँसम्म आएको बताउँछन्। ‘हाम्रो सुभेच्छुक, विद्यार्थी, कर्मचारी लगायतको प्रयत्नबाट सफलताको विन्दुमा छौं, यस अगाडिका उतारचढावले हामीलाई बलियो बनाउन सघाएको छ, ’ उनले भने, ‘आगामी दिनमा शैक्षिक परामर्शको क्षेत्रमा अझै प्रभावकारी रूपमा काम गर्ने योजना हामीसँग छन् ।’ आजै सक्सेसको नयाँ कार्यालय उद्घाटनको कार्यक्रम रहेको बताइएको छ । स्थापना दिवसको दिन भर्ना भएका विद्यार्थीलाई जापानीज र अंग्रेजी भाषा कक्षामा भर्ना हुन चाहने विद्यार्थीलाई विशेष छूटमा भाषा तयारी कक्षा अध्यापन गराउने कार्यकारी निर्देशक हुमागाईले जानकारी दिए। दशौँ वार्षिकोत्सवको अवसरमा सक्सेसले विद्यार्थीलाई जापानीज भाषा संस्कृतिको बारेमा जानकारी दिनुका साथै विभिन्न उपहारहरू र विशेष परामर्शको व्यवस्था गरेको छ। कर्यालयको उद्घाटन नेपाल शैक्षिक परामर्श व्यसायीसंघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले गर्ने निर्देशक हुमागाईंले जानकारी दिए। सक्सेसले जापान, क्यानडा, अष्ट्रेलिया र युकेमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ ।  
Tags: