नेपाल विज्ञापन संघमा सुदिप थापाको नेतृत्वमा नयाँ कार्य समिति

Image
काठमाडौं – नेपाल विज्ञापन संघमा नयाँ कार्य समिति निर्वाचित भएको छ । शनिवार सम्पन्न संघको २४औं वार्षिक साधारणसभाले सुदिप थापाको नेतृत्वमा ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो । जसमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सदस्य र कोषाध्यक्षका लागि निर्वाचन भएको बताइएको छ । संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितिय उपाध्यक्षमा पंकजलाल प्रधान महासचिवमा कृष्णप्रसाद घिमिर, सचिव सन्तोष खड्का र सदस्यमा अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा साजन श्रेष्ठ, सदस्यहरू रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिष अधिकारी र प्रभात रिमाल निर्वाचन प्रकृयाबाट निर्वाचित भएका छन् । नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले आइतवार नै सपथ ग्रहण गरेका छन । कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
Tags: