रोटरी क्लव अफ गोंगवुमा वर्ष २०२२–२३ को लागि नयाँ वोर्ड चयन

Image
काठमाडौं–रोटरी क्लव अफ गोंगवुले रोटा एयर २०२२–२३ को लागि नयाँ वोर्ड चयन गरेको छ । वोर्डको मंगलबार बसेको बैठकले महेश्वरमान सिंह बस्नेतको अध्यक्षतामा १४ सदस्सीय समिति चयन गरेको हो । वोर्डमा निवर्तमान अध्यक्ष सुदिप न्यौपाने, अध्यक्ष इलेक्ट निर्मल प्रसाद न्यौपाने, उपाध्यक्ष हरेराम लामिछाने, अध्यक्ष नोमेनी विकाश पोख्रेल र कोमल पौडेल छन् । वोर्डको सचिवमा अनुज श्रेष्ठ, सहसचिव काशीराम वस्याल, कोषध्यक्षमा राजाराम फुँयाल र सहकोषाध्यक्षमा गोमा केसी चयन भएका छन् । त्यस्तै क्लव एडमिन चेयर धर्मराज थापा, मेम्बरसिप चेयर विनोद कार्की, पव्लिक इमेज चेयर प्रेम पुन्थोकी, सर्भिस प्रोजेक्ट चेयर मञ्जु पुडासेनी छन् । बैठकले वोर्डको आरटीएफको जिम्मेवारी कविता मानान्धर र सर्जेन्ट एट आर्मको जिम्मेवारी मिना केसीलाई दिएको छ । वोर्डको पहिलो वैठकले रोटा एयर २०२२–२३ मा क्लवलाई थप क्रियाशिल बनाउन कार्ययोजना बनाउने निर्णय गरेको छ ।    
Tags: