एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त

Image
काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयका आधारमा खड्कालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरिएको हो । यसअघि दिनेश भारी संस्थापक समूहबाट सञ्चालक थिए । नवनियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोषकुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा करीब १० वर्षदेखि कार्यरत खड्का एनआईसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत छन् ।
Tags: