अन्तररााष्ट्रिय बजारमा खपत योग्य स्थानीय उत्पादनलाई निर्यात योग्य बनाउन हामी सहयोग गर्छौँ — उपप्रमुख डंगोल

Image
काठमाडौं– रैथाने सीपलाई उद्यमशील बनाउने, उद्यमलाई विकास गर्दै उत्पादनमा गुणस्तरीयता, आकर्षक प्याकेजिङ् तथा प्रवर्धनको चक्रबाट अन्तरराष्ट्रिय बजारमा पु¥याउन काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताएकी छिन्। निर्यातमा काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले शनिवारदेखि सुरु गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिम उद्घाटन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । ‘अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवद्र्धनको सीप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् । यस्ता उत्पादनको प्याकेजिङ्, गुणस्तर कायम गर्ने विधि, बजारीकरण सम्बन्धी सीप प्रदान गर्दा निर्यातमा प्रोत्साहन हुने हाम्रो विश्वास हो,’ उनले बताइन् । तालिमपछि सोच र जीवनशैलीमा परिवर्तन आउने, उद्यम गर्ने शैलीमा सुधार भएर सहज हुने, व्यापार सञ्जाल बढ्ने र यसबाट समग्र आयमा वृद्धि हुने उनको अपेक्षा थियो। २ सय जना वडाबासीलाई तालिम दिएर स्थानीय उत्पादनलाई निर्यातमा प्रोत्साहन गर्ने योजनाअनुरुप तालिम थालिएको वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिए । ‘पहिलो समूहमा २० जनालाई सहभागी गराएका छौँ । वडा वडाहुँदै सबै महानगरबासीलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम दिन्छौँ । यसबाट आय र रोजगारीका लागि अवसर सिर्जना हुन्छन् । यी कार्यक्रम प्राथमिकतामा छन् ,’ महर्जनको भनाइ थियो । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले तालिममा प्रस्तुतीकरण गर्दै सामग्री उत्पादन गर्दागर्दै त्यसका उपभोक्ताहरुलाई सामग्रीका विषयमा जानकारी दिने योजना बनाउनु पर्ने बताए । उत्पादित सामग्रीको उचित मूल्यका लागि उचित बजारमा पु¥याउनु पर्नेभन्दै यसको रणनीतिले निर्यात बढाउन सक्ने बताए । तालिममा सहभागीमध्ये ४० प्रतिशत युवाका अभिभावक अहिले पनि कुनै न कुनै उत्पादन कार्यमा रहेको र सहभागीले आफ्ना अभिभावकका उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा लैजान सहयोग गर्ने अपेक्षा गरिएको वडा सचिव प्रमोद अधिकारीले जानकारी दिए । तालिममा बजारको मागका विषयमा जानकारीतथा सूचना लिने, माग पूरा गराउन आवश्यक पर्ने उत्पादन प्रक्रिया र गुणस्तर कायम गराउने, आकर्षक प्याकेजिङ्, लेभलिङ्ग, बजारीकरणको सीप, सामान निर्यात गरिने देशको वाणिज्य नीति, सामानको मूल्य निर्धारण, कर तथा सुविधा जस्ता विषयमा थाहा पाउने, उत्पादित बस्तुको मेला र प्रदर्शनी गर्नेलगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारीक सीप सिकाइने बताइएको छ। तालिम हरेक शनिवार विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्नेछ । वडाले यस अघि सामाजिक विकासको काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रम माग गर्ने, सञ्चालन गर्ने, प्रतिवेदन दिने, कार्यक्रम फस्र्योट गर्ने प्रक्रियाका विषयमा अभिमुखीकरण तालिम र विपद व्यवस्थापन क्षमता विकास तालिम सञ्चालन गरिसकेको छ । वडावासीको क्षमता विकास गराउन सञ्चालन गरिएको यो तेस्रो समूहको तालिम हो ।  
Tags: