विराटनगर क्षेत्रका व्यवसायी भन्छन्, ‘उद्योगमा विद्युत् लाइन काटेर के सन्देश दिन खोजेको ?’

Image
काठमाडौं – लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महशुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगको उत्पादन नै ठप्प हुनेगरी विद्युत् लाइन काटिएको भन्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशीले ध्यानाकर्षण भएको जनाएको छ। उद्योगहरुमा विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा नराम्रो सन्देश जाने संस्थाहरूको ठहर छ । ‘उत्पादन ठप्प हुदाँ रोजगारी, राजश्व तथा बैंक व्याज भूक्तानी, बजार श्रृंखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कस्ले लिने ?,’ विज्ञप्तिमा उल्लेख छ,‘यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहदा समेत सरकारले समस्याको गम्भिर्यतालाई आत्मसात गरि न्यायोचित समाधानका लागि अविलम्ब पहल गर्न हुन अनुरोध छ ।’ डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र प्रभावित उद्योगीबीच हुँदै आएको रस्साकस्सी र आआफ्नो अडानका कारण पेचिलो बनेको यो विषयलाई न्यायोचित समाधान खोजिनु पर्ने विज्ञप्तिमा माग गरिएको छ। विद्युत् आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत् आपूर्तिलाई अविलम्व सूचारु गरी त्रिपक्षिय सरोकारवाला नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र नीजि क्षेत्र समेतको समन्वयमा विवादित विषयलाई न्यायोचित निरुपण गरि निजी क्षेत्रले समेत न्याय अनुभूति गर्ने गरि तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालासँग विज्ञप्तिमा माग गरिएको छ।  
Tags: