मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

Image
काठमाडौं - १८औं वर्ष प्रवेशको अवसरमा मुक्तिनाथ विकास बैंकले विभिन्न कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्य र १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीलाई सम्मान गरिएको छ । सोही अवसरमा बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । यसै गरी बैंकका क्षेत्रीय कार्यालय र केन्द«ीय कार्यालयमा सञ्चालित रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन भएको बताइएको छ । वार्षिकोत्सवको अवसरमा क्षेत्रीय तथा शाखा कार्यालयमार्फत गरीब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकलाई सेतो छडी वितरण, अनाथालय, बालगृह तथा वृद्धाआश्रममा विभिन्न सामग्री वितरण, डस्टबिन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरता जस्ता कार्यक्रम सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ । वार्षिकोत्सव कार्यक्रम बैंकका सञ्चालक, पूर्व सञ्चालक, संस्थापक शेयरधनी तथा बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धकहरूको उपस्थितिमा सञ्चालन भएको थियो । उक्त समारोहमा बैंकका अध्यक्ष भरतराज ढकालले सधै गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा योगदान दिइने बताए ।  
Tags: