राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा दिलीपकुमार ढुंगाना

Image
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा दिलीपकुमार ढुंगाना नियुक्त भएका छन् । बिहीवार उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चालक समितिको सोमवारको बैठकले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ढुंगानाले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । शपथ ग्रहण कार्यक्रममा गभर्नर अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय वृद्धिमा लाग्न सुझाव दिए । बैंकका नवनियुक्त अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।
Tags: