एबीसीमा माछापुछ्रे  वित्तीय साक्षरता कार्यक्रम

Image
काठमाडौं – माछापुछ्रे बैंकले अन्नपुर्ण आधार शिविर (एबीसी)मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको गरेको हो । उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायको बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयबीच अन्तरक्रिया समेत गरिएको थियो । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर, पोस, एनएफसी सेवाको महŒवका बारमो अवगत गराइएको थियो । अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा रहेको बताइएको छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुछ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप, ईएाभी स्टाडर्डमा आधारित विश्वभर सुरिक्षत र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाईल बैंकिङ्ग एप्लिकेसन एम स्मार्टमा एनएफसी कन्य्याक्टलेस अफलाइन ‘ट्याप एण्ड पे’, क्यूआरमा भ्वाइस अडियो नोटिफिकेसन प्रविधि जस्ता सेवाहरु संचालनमा ल्याउदैँ आईरहेको छ भने अन्य डिजिटल सेवाहरु जस्तैः मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एवं मुद्धती खाता खोल्ने लगायतका अनेकन अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।  
Tags: