राप्ती र नारायणी नदीमा २६५ घडियाल

Image
काठमाडौं– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा घडियाल गोहीको अनुगमन कार्य सम्पन्न भएको छ । उक्त अनुगमन कार्यमा राप्ती र नारायणी नदीमा २६५ ओटा घडियाल गोही देखिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ, जसमा नारायणी नदीमा ३ भाले सहित ११३ र राप्ती नदीमा ३ भालेसहित १५२ घडियाल पाइएका छन्। उक्त अनुगमन कार्यमा चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाको गरी जम्मा १० जना कर्मचारीहरुको सहभागिता रहेको बताइएको छ। घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर वोट, जी.पी.एस., क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग भएको थियो । साथै उक्त अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको छ ।  
Tags: