महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकमा छूट

Image
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंको धुमबाराहीस्थित एपोलो डायग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले संस्थाका विभिन्न स्वास्थ्य सेवामा छूट पाउने बताइएको छ । संस्थाबाट बैंकका ग्राहकले हेल्थ प्याकेज र रुटिन टेस्टमा मा २५ प्रतिशत, आउट सोर्स टेस्टमा १० प्रतिशत, कोभिड–१९ को पीसीआर टेस्ट १ हजार रुपैयाँ र एन्टिजेन टेस्ट ७५० रुपैयाँ गर्न पाउने सम्झौतामा उल्लेख छ ।  
Tags: