‘कोइली’ मार्फत कारोबारको सूचना दिँदै एभरेष्ट बैंक
काठमाडौं – एभरेष्ट बैंकले आफ्ना ग्राहकलाई कारोबारलाई सूचना दिन ‘कोइली’ एप प्रयोगमा ल्याएको छ । बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा यो ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सुविधा ल्याएको हो । ‘कोइली’ नाम दिइएको यो सुविधा क्यूआर प्रयोगकर्ताले कारोबार सम्पन्न हुनासाथ नेपाली, नेवारी, मैथिली, भोजपुरी र अग्रेजी लगायत रोजाईको भाषामा भुक्तानीको सूचना प्राप्त गर्न सकिने बताइएको छ ।
बैंकले अविछिन्न रूपमा डिजिटल कारोबारलाई प्राथमिकता दिएर अगाडि बढेको बताइएको छ । ‘कोइली’ खासगरी भाषाका कारण समस्यामा परेका प्रयोगकर्तालाई तत्काल सुरक्षित र सहज जानकारीका लागि प्र्रयोगमा ल्याइएको बैंकले जानकारी दिएको छ ।