शिक्षाबाट समाज पुनःसंरचना
प्रा. डा. बालचन्द्र लुइँटेल | नेपालको शिक्षा क्षेत्रको अहिलेको अवस्थालाई हेर्दा हामी गन्तव्य तय गर्न नसरी चौबाटोमै अल्मल्लिइरहेका जस्ता छौँ । दुःखका साथ भन्नुपर्छ– हामी शिक्षा क्षेत्रबारे चरम अलमलमा छौँ । राजीतिक परिवर्तन भयो । धेरै हिसाबले समाज अघि बढ्यो भन्ने हामीलाई लाग्यो । तर त्यसलाई सँगै डोहो¥याउने राज्यको महङ्खवपूर्ण संयन्त्र शिक्षालाई चरम बेवास्ता ग¥यौँ । र, शिक्षालाई समृद्ध बनाउने विषयमा हामी निकै पिछडिएका छौँ । ज्ञानमा आधारित समाज निर्माण गर्न शिक्षाको निकै ठूलो योगदान हुन्छ । महावीर पुन भन्ने गर्नुहुन्छ– आविष्कार गर्नुप¥यो । नयाँ कुरा ल्याउनुप¥यो । त्यो भनेको सानै कक्षादेखि बालबालिकालाई शिक्षाले नयाँ कुरा खोज्न, सोच्न, जिज्ञासु बनाउन, प्रश्न गर्न र आविष्कार गर्न सघाउनु प¥यो भन्ने हो । यसरी नयाँ खोजमा लाग्दा नयाँ ज्ञान प्राप्त हुन्छ । यसले रचनात्मक अर्थतन्त्र निर्माण गर्न सघाउँछ । ज्ञान प्राप्त गरेको व्यक्तिको सामाजिक मर्यादा पनि उच्च हुने किसिमको समाजको निर्माण गर्न सके समाजमा आर्थिक समृद्धि पनि त्यहीसँग जोडिएर आउन सक्छ । अहिले हामीकहाँ सार्वजनिक र निजी विश्वविद्याय छन् । प्रस्तावितसमेत गणना गर्ने हो भने २०औँ विश्वविद्यालय पुग्न लागिसकेका छन् । यीमध्ये केहीलाई छोडेर धेरैजसो अनुत्पादक देखिएका छन् । कतिपय विश्वविद्यालयलाई सञ्चालन खर्च धान्न पनि गाह्रो परिरहेको छ । त्यसो हुँदा यी विश्वविद्यालयले उपार्जन गर्ने भन्दा पनि खर्च कसरी चलाउने भन्नेतर्फ ध्यान दिइरहेका छन् । त्रिभुवन विश्वविद्यालयको पेन्सनको विषय, सुदूरपश्चिम विश्वविद्यालयको पेन्सन प्रणाली नै नेपाल सरकारले व्यहोर्नुपर्ने अवस्था छ । त्यसको हिसाबकिताब कसरी गर्ने भन्ने छ । गुणस्तरीय शिक्षा प्रदान गर्दै अर्थोपार्जन पनि विश्वविद्यालयको महङ्खवपूर्ण पाटो बनेको देखिएको छ । विद्यालय शिक्षाले पनि आफ्नो पेडागोजी, सिकाइ प्रक्रिया र विधिमार्फत विद्यार्थीलाई रचनात्मक अर्थतन्त्रमा लगाउन सक्छन् । तर, ज्ञानमा आधारित समाज बनाउने, ज्ञानलाई रचनासँग जोड्ने र रचनालाई अर्थतन्त्रसँग जोडेर आर्थिक विकासमा योगदान गर्ने कुरा नेपालको शिक्षा प्रणालीमा आकाशको फल जस्तै बनेको छ । अर्थतन्त्रलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । अर्थतन्त्र संवेगसँग पनि सम्बन्धित हुन्छ । जस्तो लेखकहरुले संवेगात्मक (अफेक्टिभ) अर्थतन्त्रलाई जोड दिन्छन् । यस्तो अर्थतन्त्रको विकासमा विश्वासको भूमिका पनि महङ्खवपूर्ण हुन्छ, जस्तो भारतको सरकार र जनता सबैले हामीले अर्थतन्त्रमा राम्रो प्रगति गरिरहेका छौँ भन्ने भाष्य निर्माण गरिएको छ । त्यहाँका सबैलाई यो कुरामा विश्वास पनि लागेको छ । अब हामी विश्वकै पाँचौँ अर्थतन्त्रबाट पहिलो वा दोस्रोमा जान्छौँ भन्ने उनीहरुलाई लागिरहेको छ । त्यस्तै, चीनलाई हामी विश्वकै पहिलो अर्थतन्त्र बन्ने दिशामा छौँ भन्ने लागेको छ । यो भनेको संवेगात्मक अर्थतन्त्र हो । यस्तो संवेगात्मक धारणाले मासिनलाई अर्थतन्त्रको श्रीवृद्धिमा सहयोग गर्न प्रेरित पनि गर्दोरहेछ । र, त्यो प्रेरणाले अर्थतन्त्रमा महङ्खवपूर्ण भूमिका निर्माण गर्दोरहेछ । यस हिसाबले हेर्ने हो भने हामी चाहिँ एक प्रकारले विघटनको अवस्थामा छौँ । हाम्रो विद्यालय शिक्षा परीक्षा पास गरे पुग्ने (रोट मेमोराइजेसन) प्रणालीमा आधारित छ । यसले रचनात्मक अर्थतन्त्र निर्माणमा, खोज–अनुसन्धान, जिज्ञासा सिर्जना गर्ने जस्ता क्षेत्रमा कुनै काम गर्दैन । हाम्रो शिक्षा प्रणालीबाट शिक्षा लिएका विद्यार्थीले प्रतिक्रिया मात्रै जनाउँछ । अरूले गरेको क्रियामा प्रतिक्रिया जनाउँछ मात्र; नयाँ रचना वा सिर्जना गर्दैन । अर्थतन्त्रको विकासका लागि प्रतिक्रिया जनाउने भन्दा पनि रचना गर्ने मानिस आवश्यक हुन्छ । विश्वविद्यालयकै अध्ययन पूरा गरेका हाम्रा विद्यार्थीले पनि गर्ने यही नै हो । संसारमा यस्तो भएको रहेछ त्यसो हुनाले हामीले यस्तो गर्नुपर्छ भन्ने मात्रै उनीहरुको धारणा हुन्छ । नयाँ रचना तथा सिर्जनामा उनीहरुको ध्यान नै पुग्न सक्दैन । समस्या कविलातन्त्र नेपालको राजनीति, समाज सबै कुरालाई हेर्ने हो भने एक हिसाबले हामी अहिले कबिलातन्त्रमा छौँ । पार्टीहरुका आआफ्ना दृष्टिकोण छन्; एउटै साझा राष्ट्रिय बहस सिर्जना भएको छैन । सत्ता पक्षले एउटा कुरा बोल्छ; त्यसैको प्रतिक्रियामा प्रतिपक्षले बोल्छ । जस्तो आदिम कालमा कबिला (आदिम कालको मानव दल) मध्ये एउटा कबिलाले जे ग¥यो, अर्को कबिलाले त्यसको प्रतिक्रियामा बोल्ने गर्थे । यस्तो कार्यले हाम्रो उच्चस्तरीय राष्ट्रिय चरित्र र व्यवहार निर्माण हुन सक्दैन । अहिले देशको शिक्षा क्षेत्रमा पनि यही समस्या मौलाएको छ । अध्ययन, अनुसन्धान, रचना, नवप्रवद्र्धन, आविष्कारमार्फत समाजको आर्थिक सामाजिक रूपान्तरणमा सघाउनु विद्यालय र विश्वविद्यालय शिक्षाको उद्देश्य हो । तर, यसतर्फ कसैले ध्यान नै दिएको छैन । विश्वविद्यालयले पनि प्रमाणपत्र बाँड्ने काम मात्रै गरेको छ । त्यसो हुँदा हामीले शिक्षालाई कतै पनि अर्थसँग जोड्न सकेकै छैनौँ । अर्थ उपार्जनको धेरै तरिका छन् । त्यस्तै, अघि भनिएजस्तै संवेगात्मक अर्थतन्त्र विकासमा युवाको ठूलो भूमिका हुन्छ । जस्तो धेरैजसो विकसित युरोपेली देशमा विश्वविद्यालय शिक्षा पूरा गरेका युवाले सामाजिक रूपान्तरणमा काम गर्ने गरेको पाइन्छ । उनीहरु अफ्रिका तथा एसियाका विभिन्न अविकसित तथा विपन्न मुलुकमा जाने त्यहाँ आर्थिक–सामाजिक रूपान्तरणमा सहयोग गर्ने किसिमका रचनात्मक परियोजना सञ्चालन गर्ने गरेको पाइन्छ । र त्यो अनुभवलाई लिएर आफ्नो देशमा पनि अझ परिष्कृत काम गर्ने गरेको देखिन्छ । शिक्षा र अर्थको यस्तो अन्योन्याश्रित सम्बन्धलाई हामीले अझै केलाएकै छैनौँ । केलाउन चाहेका पनि छैनौँ । किनभने विश्वविद्यालय प्रशासनलाई सरकारसँग पैसा माग्दैमा फुर्सद छैन । सरकारलाई पैसा छैन भन्नमै ठिक छ । विश्वविद्यालयमा ‘लर्न एन्ड अर्न’ भन्ने अवधारणा पनि ल्याइयो । तर, यो विश्व विद्यालयमा सिक्दै कमाउँदै भन्ने धारणा नै गलत छ । नेपालका विद्यार्थीले ग्रामीण परिवेशमा हेर्ने हो भने काम गर्दै पढ्दै गरिरहेका छन् । सहरमा पनि विभिन्न काम गर्दै पढ्दै गर्ने गरेको देखिन्छ । तर, विद्यालय र विश्वविद्यालयका विद्यार्थीलाई एउटा सानो सीपमा भुलाउने मात्रै पनि होइन । उनीहरुलाई वृहत् दायरामा सोच्ने, नयाँ सिर्जना गर्ने, आविष्कार गर्नसक्ने बनाउनु पर्छ । पैसा रुखमा आफैँ फल्दैन । त्यसलाई फलाउनु पर्छ । त्यो फलाउन चाहिँ ज्ञान चाहिन्छ । त्यो हुँदा ज्ञान खोज्ने समाजको निर्माण शिक्षाले गर्नुपर्छ । अहिले नेपालमा पढेर–लेखेर पैसा कमाउन सकिँदैन भन्ने भाष्य निर्माण गरी जबरजस्ती स्थापित गरिएको छ । पैसा कमाउन त व्यापार गर्नुप¥यो, दुई नम्बरी काम गर्नुप¥यो, राज्यलाई छलफाम गर्नुप¥यो, कसैको झोला बोकेर पछि लाग्नुप¥यो, विदेश जानुप¥यो भन्ने धारणा बनाइएको छ । त्यस्तै स्वदेशमा पढेर केही हुँदैन, पैसा कमाउन सकिँदैन भन्ने पनि भाष्य बनाइएको छ । नेपालमा पैसा कमाउन दुई नम्बरी काम नै गर्नुपर्छ र कमाइएका सबै पैसा दुई नम्बरी गरेरै कमाएको हो भन्ने भाष्य पनि बनाइएको छ । नेपालमा अवसर छैन त्यसो हुँदा बाहिर गयो भने त त्यहाँ शिक्षा प्रणाली राम्रो भएको बनिबनाउ संसार छ । त्यहाँ शिक्षा पनि पाइन्छ र पैसा पनि कमाइन्छ भन्ने धारणा विकास गरिएको छ । अझ, विकसित देशमा गएर अध्ययन गर्नु र कमाउनुलाई सामाजिक प्रतिष्ठाको विषय बनाइयो । तपाइँको छोरो अमेरिकामा गएको छ भने पक्कै पढाइसँगै पैसा कमाउँछ भन्ने संवेग तपाइँमा जाग्छ । पछि कमाउँछ कमाउँदैन थाहा छैन । तर, कमाउँछ भन्ने धारणा विकसित गरिएको छ । यो संवेगात्मक अर्थतन्त्र हो । यसले पनि युवालाई विदेशिन अझ बढी प्रेरित गरिरहेको छ । छिमेकीको छोराले अमेरिकामा कमायो भने मेरो छोरोले पनि त्यहाँ गएर कमाउँछ भन्ने संवेगात्मक अर्थतन्त्र झाँगिएको छ । त्यसो हुँदा अहिले अभिभावकले भविष्यमा कमाइ हुने आशामा छोराछोरी विदेश पठाउन ठूलो लगानी गरेका छन् । त्यसकारण लोकतन्त्र आए पनि हाम्रो समाज ज्ञानको समाज बन्न सकेन । जस्तो सरकारले एउटा नयाँ नीति ल्याउने भयो भने त्यो नीति सही छ÷छैन भनेर विश्वविद्यालयका प्राध्यापक, पढेलेखेका मानिस, विज्ञलाई सोध्नुपर्ने हो । तर सोध्दै सोध्दैन । भनेपछि पढेका ज्ञानी, विज्ञानी मानिसलाई न सरकारले सोधपुछ गर्छ न त समाजले नै सम्मान दिन्छ । सरकारले कसलाई सोध्छ भने जो उसको नजिकमा छ । उसले पढिराख्नु पनि पर्दैन । नजिक सम्बन्धको भए पुग्छ । ज्ञान चाहिँदैन । सरकारले करिब एक दशक यता गरेका नियुक्तिलाई नै हेर्ने हो भने पनि यो कुरा प्रष्ट हुन्छ । वैज्ञानिक समाजमा कुनै बेला त सरकारले वैज्ञानिकलाई नियुक्ति नै दिएन । अवैज्ञानिक व्यक्तिलाई ल्यायो भन्ने गुनासो सुनियो । त्यसो हुँदा हाम्रो समाज ज्ञानको समाज बन्दैछैन । समाजले ज्ञान, विज्ञान र खोजलाई जोड दिएन । अहिले नेपालमा पढेर के काम र छ त भन्ने भाव विकसित हुन पुगेको छ । यस्तो समाज विकास गरेपछि अर्थतन्त्र नाजुक भयो भनेर आफूले आफैँमाथि गुनासो गर्नु असाध्यै अमिल्दो विषय हो । छिमेकी देशको अर्थतन्त्र चलायमान हुनुमा शिक्षामा गरिएको लगानी, ज्ञानलाई गरिएको सम्मान, नवप्रवद्र्धनमा आधारित वस्तु उत्पादनमा गरिएको लगानी जस्ता कार्य जिम्मेवार छन् । के गर्ने त ? हामीकहाँ आईको काम गर्ने विद्यार्थीले अहिले पनि तल्लो तहको कोडिङको काम गरिरहेका छन् । सिकिरहेका छन् जबकि अहिले एआईको माथिल्लो कामको माग भएको छ । यसमा हाम्रो पाठ्यक्रम दोषी छ । पाठ्यक्रमले आधारभूत सीपलाई साह्रै धेरै समय दिएको छ । आधारभूत ज्ञान त विद्यार्थीले आफैँ सिक्छन् । विद्यालयले पनि ‘रोट मेमोराइजेसन’ मा जोड दिएको छ । त्यसो हुँदा रचनात्मक अर्थतन्त्रको ठूलो शत्रु हाम्रै शिक्षा प्रणाली भएको छ । नेपालमा चार वर्ष आइटी कोर्स पढेर पनि विद्यार्थीले उच्च तहको सीप सिक्न सक्दैनन् । उनीहरुलाई सैद्धान्तिक ज्ञान र परीक्षामा अल्मल्याइएको छ । यही नै सबथोक हो भनेर पढाइएको छ । तर, प्रयोगात्मक सीप राम्ररी दिइएकै छैन । श्रमबजारमा गए प्रयोगात्मक कुरा सिकेर पैसा कमाउने हुन उसलाई अझ अर्को ५ वर्ष लाग्छ । त्यसकारण शिक्षा भनेको प्रमाणपत्र होइन् । यसले गरिखान सघाउनुपर्छ । हामीले सैद्धान्तक परीक्षा र प्रमाणपत्रबाट बाहिर आउनुप¥यो । प्रश्न गर्ने सक्ने, अरूको तर्कलाई सुन्न सक्ने, तथ्यलाई अंगिकार गर्न सक्ने, विविधतापूर्ण समाजमा बसेर काम गर्न सक्ने, जस्तो सुकै वातावरणमा बसेर सिप प्रयोग गर्न सक्ने बनाउनुपर्छ । विद्यालय शिक्षा वा उच्च शिक्षा केका लागि भन्ने मै हामी प्रष्ट हुन सकेनौँ । एउटा तह पार गरेको विद्यार्थीले मसँग यस्तो नयाँ सोच छ र यसलाई यसरी कार्यान्वयनमा लान्छु भनेर नवप्रवर्तनको प्रष्ट अवधारणा ल्याउन सक्नुपर्छ । त्यो चाहिँ अहिलेको शिक्षा हुनुपर्छ । समाजमा आर्थिक विकासका लागि सबै किसिमका सीप भएका जनशक्ति चाहिन्छ । तर, हामीलाई कुन जनशक्ति आवश्यक भनेर अध्ययन गरी त्यसको विकासमा लागिएको पनि छैन । अहिले गणित पढाउने शिक्षककै अभाव छ । हाम्रो समाज ज्ञान र सीपमा आधारित नभई पार्टी, ग्रुप, ग्याङ, झुन्डमा आधारित समाज भयो । समाज विशृङ्खलित हुँदै गयो । जायज–नाजायज जसरी पनि पैसा कमाउनुपर्छ भन्ने समाज विकास भयो । आदिम कबिला समाज जस्तो हामीजति बलवान् वा शक्तिशाली कोही छैन भनी ठान्ने तर आफ्नो कुनै धारणा बनाउन नसक्ने समाज विकास ग¥यौँ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि हामीले गर्नुपर्ने काम यो थियो । ज्ञान तथा रचनामा आधारित समाज निर्माणमा जोड दिनुपर्ने थियो । जागिर खाने शिक्षालाई मात्रै जोड दियौँ । राणाकालमा त झन् व्यावहारिक शिक्षाको कल्पना पनि भएन । पञ्चायत काल, बहुदलीय प्रजातन्त्र र अहिलेको गणतन्त्रसम्म आइपुग्दा पनि अझै हामीले ज्ञानमा आधारित समाज निर्माणमा जोड दिएका छैनौँ । अर्थतन्त्र विकास हुन आफूमा विविधीकरण ल्याउनुपर्छ । आफूलाई कुनै एउटा क्षेत्रमा वा सानो सीपमा मात्रै सीमित बनाउनु वा खुम्च्याउनु हुँदैन । हामीले एउटा सीप सिक्द पूरै अध्ययनकाल बितायौँ । तर, सम्भाव्य अन्य सबै सीपका कार्यढाँचा बिर्सियौँ । हामीले एकदमै पश्चिमा कार्यढाँचालाई अपनायौँ । त्यसमा पनि भारतीय उपमहाद्वीपमा अङ्ग्रेजले आएर सिकाएका एउटा मात्रै सीपमा आधारित जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली अपनायौँ । त्यसभन्दा खासै टाढा जान सकेनौँ । यी सबै समस्या समाधानका लागि पहिलो विश्वविद्यालय शिक्षा सुधार गर्नुपर्ने आवश्यकता छ । विश्वविद्यालयले प्रतिस्पर्धामा अब्बल नेतृत्व पाउनुपर्छ । युवाले विश्वास गर्नुपर्छ । केही युवासँग कुरा गर्दा उनीहरुले विश्वविद्यालयमा अध्यापन गर्न ‘लायक’ शिक्षक नै छैनन् भनेका छन् । जस्तो जर्मनीको एउटा विश्वविद्यालयमा मानौं फिजिक्सको एउटा कक्षा छ । आज ‘असाइन्मेन्ट’ बुझायो भने भोलि फिडब्याक पाउँछ । हामीले सेमेस्टर प्रणाली सञ्चालन त ग¥यौँ तर क्षिकले कहिल्यै फिडब्याक दिँदैन । अनि किन पढ्छ नेपालमा विद्यार्थी । विद्यार्थी र शिक्षक अन्तरक्रिया धेरै हुनुपर्छ । यी दुबै पक्ष मिलेर नयाँ ज्ञानको निर्माण गरिने हो । तर, हामीकहाँ त्यस्तो हुँदैन । कतिपय विश्वविद्यालयको त शैक्षिक क्यालेन्डर नै लागु गर्दैनन् । पश्चिमा विश्वविद्यालयले चाहिँ सिकाइ भनेको खोजी हो भनेर सिकाए तर हामीले चाहिँ औपनिवेशिक सोचमा आधारित भएर ज्ञान भनेको मैले दिने हो मैले नदिई विद्यार्थीले ज्ञान नै पाउँदैन भनेर अघि बढ्यौँ । सीपको विकास नै विद्यार्थीले गरोस् भन्ने अवधारणाका अधारमा उच्च शिक्षा प्रणालीको विकास गर्न सके अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या धेरै हदसम्म कम हुन्थ्यो । त्यस्तै, विद्यालय शिक्षाले असल नागरिक उत्पादन गर्ने हो । विद्यालय शिक्षा पूरा गरेका सबैले उच्च शिक्षाको एउटै विषयमा केन्द्रित हुनुपर्छ भन्ने छैन । त्यसो हुँदा हामीले शिक्षाको अर्थराजनीतिलाई बुझेर त्यसैअनुसार अघि बढ्नुपर्छ । विद्यार्थीलाई नयाँ खोजका लागि विद्यालय तथा विश्वविद्यालयले सहजीकरण गर्ने, निरीक्षण गर्ने, दिशानिर्देश गर्ने गर्नुपर्छ । शिक्षक आफैं पनि जिज्ञासु हुनुपर्छ । पढिराख्नु पर्छ । नयाँ कुरा खोज्ने र कक्षामा सुनाउने गर्नुपर्छ । महावीर पुन भन्छन्– ‘युवालाई म केही भन्दिनँ, जे मन लाग्छ त्यही गर ।’ उहाँले भनेजस्तै, मनमा आएका नयाँ सोचका आधारमा ज्ञान निर्माणमा युवा विज्ञार्थी आफैँ अग्रसर हुने शिक्षा प्रणालीको विकास गर्नुपर्छ । विश्वविद्यालयलाई ‘इन्क्वायरी सेन्टर’का रुपमा विकास गर्नुपर्छ । – लुइँटेल काठमाडौं विश्वविद्यालयको शिक्षा संकायका डिन हुन् । (नेपाल आर्थिक पत्रकार समाज–सेजनको स्मारिका ‘अर्थनीति’बाट)