तस्वीरमा ग्लोबल आइएमई बैंकको प्रभातफेरी

Image

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा शनिवार देशव्यापी प्रभातफेरी कार्यक्रमको सम्पन्न गरेको छ । वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि बैंकले सातओटै प्रदेशका मुख्यमुख्य शहरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताइएको छ । काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीको उपस्थिति थियो । वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरका मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यका बाहिरका शाखाले मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए ।

Tags: