रेडक्रसकर्मीले सम्झिए सहकर्मी

काठमाडौं– रेडक्रसकर्मीले महाभुकम्पमा ज्यान गुमाएका सहकर्मीलाई संझिएकाछन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले २०७२ बैशाख १२ को भूकम्पमा परी अकल्पनीय निधन भएकाहरुको सम्झनामा एक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चारमा कार्यरत वरिष्ठ प्राविधिक सहायक लालमाया गुरुङ, रक्तसंकलन स्वयंसेवकहरु सानुमाया कपाली र सिम्रन डंगोल लगायत स्वयंसेवी रक्तदाताहरुको रगतको संकलन गर्दैगर्दा आएको भूकम्पमा परी अकल्पनीय निधन भएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालसहित विभिन्न विभागका निर्देशक, उपनिर्देशकलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


