बालकुमारी घटनाको जिम्मा सरकारले लिनुपर्छ : राजनीतिक विश्लेषक रायमाझी

Image
काठमाडौं– राजनीतिक विश्लेषक प्रकाश रायमाझीले शुक्रवार बालकुमारीमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। रोजगारीको अवसर नपाएर छटपटेका युवाहरू माथि अत्यन्त क्रुर ढङ्गबाट ‘इपिएस’ परीक्षामा समावेश हुन चाहने परीक्षार्थीहरू माथि गरिएको अन्धाधुन्धी गोली प्रहार गर्नु घोर निन्दनीय र भत्सनीय भएको उनको भनाइ छ। त्यो सामान्य अवस्थामा ती युवाहरू माथि गोलीको बर्साउनु पर्ने अवस्था नरहेको भन्दै सरकारले परीक्षामा सबैलाई समावेश गरेर सम्बन्धित देशको आवश्यकता अनुसार अहिले पठाउने र पछि अरुलाई व्यवस्थापन गर्न पनि सक्नुपर्नेमा हत्याको बाटो रोजेको आरोप लगाए। आफ्नै देशमा रोजगारीको अवसर नहुनु र विदेश जान खोज्दा राज्यबाटै असुरक्षित हुनुपर्ने दुखत भएको उनको भनाइ छ । मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने उनको माग छ ।
Tags: