रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक

Image
काठमाडौं – रोयल इन्फिल्ड मिटिओर ३५० सीसी को तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रा. लि. नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवासचन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्ला द्वारा मिटिओर फायरवल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेका हुन् । मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको बताइएको छ । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रिोनिक फ्युल इन्जेक्सन (ईएफआई) रहेको बताइएको छ । उक्त इञ्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कनेक दिएको छ । यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ भने प्रति लिटर औषत ४० कि. मि. माइलेज दिने कम्पनीले जानकारी दिएको छ । इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडि – चौडा दुबलेस टायर्र (१००/९० – १९० – ५७पी), पछाडी चौडा टुबलेस टायर्र (१४०/७० – १७” – ६६पी) जस्ता फिचरहरू रहेको बताइएको छ । मिटिओर ३५० सीसी – पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्, त्यस्तै मिटिओर ३५० सीसी – कालो, निलो र रातो रंगमा उपलब्ध छन् र मिटिओर सुपरनोभा ३५०सीसी – खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् । कम्पनीले मिटिओर फायरबल ३५०सीसीको मूल्य ५ लाख ५० हजार रुपैयाँ, मिटिओर स्टेलर ३५०सीसीको मूल्य ५ लाख ५५ हजार रुपैयाँ र मिटिओर सुपरनोभा ३५०सीसीको मूल्य ५ लाख ६५ हजार तोकेको कम्पनीले जानकारी दिएको छ । सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीको भनाइ छ ।
Tags: