संचारकर्मी ओझालाई भारतको ‘युपिएए अवार्ड २०२३’

Image
काठमाडौं – सचेतना कार्यक्रम, एनटीभी न्यूजका प्रस्तोता र निर्देशक सरोज ओझालाई मिडिया क्षेत्रमा उनले पुर्याउदै आएको योगदानको कदर गर्दै उत्तर प्रदेश आर्टिस्ट एकेडेमीले यूपीएए अवार्ड २०२३ को ३० औं संस्करणमा सम्मान गरेको छ। उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकको प्रमुख आतिथ्यतामाझ शनिवार आयोजित उक्त अवार्ड समारोहमाझ ओझा संचार विधामा सम्मानित भएका हुन् । कार्यक्रममा दिग्गज बलिबुड कलाकारदेखी मोडल, सामाजिक अभियन्ता, शिक्षाविद, पत्रकार, खेलकर्मी लगायतका पेशाकर्मीहरुको सहभागीता रहेको थियो । सो अवसरमा उपमुख्य मन्त्री पाठकले भारत र विश्वस्तरमा कला, पत्रकारिता, सामाजिक अभियान लगायतका क्षेत्रमा सेवारत व्यक्तीहरुलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गरे । विगत दुई दशकदेखि प्रिन्ट र अनलाइन मिडियालगायत टेलिभिजन कार्यक्रम निर्माणमा सक्रिय रहेर सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै ओझाले उक्त पुरस्कार पाएका हुन् । यसअघिका संस्करणहरुमा अनिल कपूर, रविना टन्डन, अब्बास मस्तान, समीर अन्जान, फारुख शेख, भाग्यश्री, राहुल रोय, र क्रिकेटर पियुष चावला सहितका दिग्गज कलाकार एवं फिल्मकर्मीहरुले युपीएए अवार्ड प्राप्त गरेका छन् ।
Tags: