मुक्तिनाथ सर्वाधिक डिजिटल कारोबार गर्ने विकास बैंक

Image
काठमाडौं – मुक्तिनाथ विकास बैंक विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने बैंकका रूपमा सम्मानित भएको छ । नेपाल क्लियरिङ हाउसद्वारा १५ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो पुरस्कार ग्रहण गरेका थिए । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने तथा मिस्डकल बैंकिङजस्ता सुविधा बैंकमा भौतिक उपस्थितविनै उपयोग गर्न सकिने व्यवस्था गरेको बताइएको छ ।
Tags: