महानगरले व्यवहारिक शिक्षालाई जोड दिएको छ : प्रमुख रेनु दाहाल

Image
चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले व्यवहारिक शिक्षालाई जोड दिएको बताएको छ । भरतपुर १६ मा रहेको दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगरले विद्यार्थीलाई विद्यालय जाउ जाउ लाग्ने वातावरण निर्माणको कार्य गरिरहेको उल्लेख गरिन् । महानगरपालिका प्रमुख दाहालले घोक्नते विद्याले मात्र विद्यार्थी ज्ञान नपुग्ने भएकाले हरेक शुक्रवार बिना किताब विद्यालय जाने नीति नियम बनाई कार्यान्वनमा कार्यान्वयन ल्याएको जानकारी दिइन् । शुक्रवारको दिन विद्यार्थीले अतिरिक्त क्रियाकलाप, विद्यालय सरसफाई, संस्कृतिक प्रतियोगिता, वादविवाद प्रतियोगितालगायतका क्रियाकलाप गरी व्यवहारिक ज्ञान आर्जन गर्ने उनले बताइन् । भरतपुर महानगरको व्यवहारिक शिक्षासहित प्राविधि शिक्षा रहेको प्रमुख दाहालले सो अवसरमा जानकारी दिइन् । विस २०१७ सालमा आँपको रुख मुनिबाट अध्ययनको सुरुवात गरेको विद्यालय भरतपुरको नमुना सामुदायिक विद्यालय हो । विद्यालय एक हजार १० विद्यार्थी अध्ययन गर्ने गर्दछन् । पश्चिम चितवनमा नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले वार्षिकोत्सवको अवसरमा प्रमुख दाहालले गणित प्रयोगशालाको पनि उद्घाटन गरिन्। विद्यालयले निकट भविष्यमा सामाजिक प्रयोगशाला निर्माण गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १६ का अध्यक्ष अमृतराज हमाल, वडा न १७ का वडा अध्यक्ष ललितमान तामाङ, कार्यपालिका सदस्य गोपाल दराई लगायतले मन्तव्य व्यक्त गरे। कार्यक्रमा विद्यालयको शैक्षिक विकासमा योगदान पुराउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर हमालको अध्यक्षतामा भएको हो ।    
Tags: