नारायणी नदी किनारका स्ट्रिट फुड व्यवसायीलाई स्वच्छतासम्बन्धी तालीम

Image
चितवन – नारायणी नदी किनारका स्ट्रिट फुड व्यवसायीलाई खाना स्वच्छता सम्बन्धी तालीम दिइएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँको सहकार्यमा आइतवार दियालो फुड ल्याण्डमा तालीम दिइएको हो । स्ट्रिट फुड भनेको सहरका सडक र गल्ली छेउमा पाइने खानाका परिकारलाई भनिने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अधिृकत मोहन कृष्ण मर्हजनले जानकारी दिए । स्ट्रिट फुडहरु पस्कने, तयार पार्ने तयारीलाई अभिवृद्धि गर्न प्रयोगात्मक, सैद्धान्तिक ज्ञान व्यवसायीलाई दिइने वरिष्ठ अधिृकत मर्हजनको भनाइ छ । स्ट्रिट क्षेत्रमा मानिसको ओहरदोहरका क्रममा खानामा संक्रमण हुने भएकाले आधुनिक विधि अपनाउन व्यवहायीलाई प्रोत्सहान गरिएको अधिकृत मर्हजनले बताए। कच्चा पदार्थ किन्नेदेखि ग्राहकलाई पस्कनेसम्म हानिकारक तत्वहरु खानेकुरामा आउने भएकाले यसलाई कसरी व्यवस्थापन गर्नेबारे विशेष गरी तालीममा सिकाइने बताइएको छ । सफा पानीको प्रयोग, कसरी भण्डार गर्ने, झिङ्गाबाट कसरी जोगाउने, तापक्रम व्यवस्थापन, दैनिक सरसफाईलाई मुख्य विषयवस्तुमा अन्तरक्रिया गरिने पनि उनले जानकारी दिए । वरिष्ठ खाद्य अधिकृत मर्हजनका अनुसार खाना तयार गर्न आधारभूत कुरा मात्र अपाउन सकियो भने स्वच्छ खानेकुरा आम उपभोक्तालाई पस्किन सकिन्छ । तालीममा नारायणी किनारमा आधिकारीक रूपमा दर्ता भई सञ्चालन आएका ५० जना स्ट्रिट फुड व्यवसायी सहभागी छन् । नारायणी नदी किनार रिभर बिचका रुपमा विकास भईरहेकाले यहाँ स्ट्रिट फुड व्यवसायीको संख्या वृद्धि हुँदै गइरहेको छ ।
Tags: