नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव

Image
काठमाडौं – नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न संघको १७औं वार्षिक साधारणसभाबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।उनी यसअघि संघको महासचिव हुँदै कार्यवाहक अध्यक्ष थिए । यादव नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यस्तै, संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । उनी मेरो माइक्रोफाइनान्सका सीईओ हुन् । महासचिवमा जीवन विकास लघुवित्तका सीईओ सञ्जय मण्डल, सचिवमा महुलि लघुवित्तका सीईओ गंगाधर पाण्डे र कोषाध्यक्षमा हिमालयन लघुवित्तका सीईओ विनोद आचार्य चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा आरम्भ चौतारी लघुवित्तका सीईओ शिव ज्ञवाली, धौलागिरी लघुवित्तका सीईओ सुरेश बम, आत्मनिर्भर लघुवित्तका सीईओ सौगात चौधरी, ग्रामीण विकास लघुवित्तका सीईओ श्याम कटुवाल, उपकार लघुवित्तकी सीईओ शारदा खत्री र आशा लघुवित्तका सीईओ बद्रि दुलाल चयन भएका छन् ।
Tags: