नेपाल बैंकको सीईओेमा तिलकराज पाण्डेय

Image
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओे)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंकको बोर्डको शुक्रवार बसेको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । सीईओ छनोट समितिले पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलको नाम सिफारिस गरेको थियो । सोमध्येबाट उनलाई बोर्डको छनोट समितिले चयन गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरेका थिए ।
Tags: