‘बा’ गुमाउँदा ......

Image

विमल ज्ञवाली |

बासँगका जीवनका भोगाईका अग्ला पहाड छन्, विशाल सागर छन्, न ति शब्दमा कोरेर सम्भव छ, न त स्मृति साटेर सम्भव छ ।

जीवन भोगाइको संगम हो सुनेको थिएँ, भोगेको थिएँ र जुधेको थिएँ । हरेक कठिन परिस्थितिलाई सहज बनाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो जीवनको सिकाइ हो । जसरी म आज आफूलाई यो हैसियतमा उभ्याएको छु, त्यो हैसियतको जग भत्किँदा परिस्थिति फरक हुँदो रहेछ । ‘मैले बा गुमाएँ’ बा मेरो लागि विश्वविद्यालय हो। मलाई जीवन पढाउने र जीवन सिकाउने मेरा बा ले आफ्नो भौतिक देह त्याग गरेको आज १३ दिन पुगेको छ। अब हामीसँग बा ले देखाएका बाटा र आदर्श बाँकी छन्, उहाँसँगै बाँचेका, साँचेका र पछ्छाएका पदचाप हामीसँगै छन्। सबैभन्दा ठूलो कहिल्यै मट्न नसकिने नाता जीवित छ । अब त्यसैमा चित्त बुझाउनुपर्ने छ । अब बाबाट भौतिक रूपमा ज्ञान लिने अवसर सधैंका लागि गुमेको छ । बा बिनाका १३ दिनले महसुस गराएको छ, हामी आफूलाई जतिसुकै सक्षम र सबल ठाने पनि अभिभावकको क्षतिमा कति निरिह र कमजोर हुँदा रहेछौं । खुशीको पहिलो खबर सुनाउन मन लाग्ने र मनको दर्द पहिले सुनाउन पाए ढुक्क हुने ति दिन अब सधै सधै गुमेको छ । हाम्रा हरेक दुःख सान्त्वना दिन सक्ने आफूले सन्तानको लागि दुःखको विष पिएर सुख दिने बा को फराकिलो छातीमा विश्राम लिन नपाइने न्यास्रो अब हरेक पलका लागि रहिरहने छ।  ति स्मृति कोट्याएर लेख्न खोज्नु यादलाई साँधुरो बनाउने काम मात्र हुन्छ। मेरै जीवनसँगै जोडिएका साढे तीन दशकभन्दा बढीका सहयात्रा र उहाँले जिएका दीर्घजीवनका कथा मैले लेखेर भनेर सकाउँछु भने मात्रै पनि बा प्रति अन्याय हुन्छ। छोटोमा यत्ति हो म आज जे छु त्यसको कारण बा हो। अब जे हुन्छु त्यो बा को ममाथि देखेको सपना हो । साथी नातागोताको लहलहैमा लागेर ‘पढ्दिन जान्छु लाहुर’ भन्दा फाँट गिँदरीको फेँदमा राखेर पढ्न प्रेरणा नदिएको भए, जवानीका मदमा केही गल्ती गर्दा फाँट गोठका कुर्सुलामा राखेर ममाथि भरासा राखेर सम्झाउने प्रयास नगरेको भए, सायद आज म यसै ठाउँमा पनि हुने थिएन।

बाका अब कीर्तिशेष बाँकी छन् । आमाका सबथोक, हामी छोराका शिरका टोपी, दिदीका माया, बुहारीका सम्मान, नाति नातिनिका प्रेम, दाइभाइका गफका साथी, गाँउभरीका काब्रारुखे ठुलबाले महाप्रस्थानमा हुनुहुन्छ ।

हुनत हामीमाथि देखेका सपना यीभन्दा अग्ला थिए होलान्। ती सपनालाई उहँले व्यक्त गरेर भन्न सक्नु भएन होला । कति सपना आफूले पूरा गर्न नसकेका सन्तानमाथि देख्नुभएको थियो होला । अब बाले परैबाट हाम्रो दुःख सुखमा आर्शिवाद दिनुहुनेछ, अब मैले कुनै काम गर्न तम्सिदा यसो गर भनेर राय दिन सक्नुहुनेछ, उहाँले भौतिक देह त्याग्नुभयो, सायद उहाँको आत्मले भन्यो, ‘अब तिमीहरु आफ्नो निर्णय गर्न सक्षम भयौ ।’ बालाई त्यै कुर्सुलाको माटोको ढिकुरोमा प्रतिमूर्ती बनाएर १३औं दिनको जलाञ्जली दिएर बसेको छु । बाले जीवनभर पसिना बगाएर हाम्रो शरीरमा इमान्दार,जोश र जाँगरको रगत बगाइदिनुभयो । बाका अब कीर्तिशेष बाँकी छन् । आमाका सबथोक, हामी छोराका शिरका टोपी, दिदीका माया, बुहारीका सम्मान, नाति नातिनिका प्रेम, दाइभाइका गफका साथी, गाँउभरीका काब्रारुखे ठुलबाले महाप्रस्थानमा हुनुहुन्छ । स्वर्ग सत्य हो भने उहाँको चिरयात्रा रहने छ, माथि कतैबाट हेरिरहनुहुनेछ, उहाँको आत्मले हामीलाई पछ्छ्याइ रहनुहुनेछ । बा गुमाएको शोकको घडीमा हामीलाई धेरै आफन्त, मित्रजन, सुभेच्छुकले सम्झिनु भएको छ । वेदनालाई साट्नु भएको छ । फोन सम्पर्क गरेर, सामाजिक सन्जालमा पोस्ट कमेन्ट एवं समुपस्थित भएर समवेदना प्रकट गर्नुहुने सबै प्रति हामी कृतज्ञ छौं । डा. चन्द्र भण्डारी संघीय सांसद गुल्मी १, खिलध्वज पन्थी जिल्ला सभापती नेपाली कांग्रेस गुल्मी, द्रोण खत्री अध्यक्ष जिल्ला समन्वय समिती गुल्मी, वेद बहादुर थापा अध्यक्ष कालीगण्डकी गाउँपालिका, टीकाराम पान्डे अध्यक्ष सत्यवती गाउँपालिका, मोहन ज्ञवाली शिक्षक संघ पूर्व अध्यक्ष त्रैलोक्य प्रताप सेन नेता नेपाली कांग्रेस, अमृत ज्ञवाली नेता नेपाली कांग्रेस, पारिश्वर ढकाल नेपाली कांग्रेस क्षेत्रीय समिती गुल्मी–१, सन्तोष गौतम प्रदेश सभापती गुल्मी १ क परिवारले समवेदना साटेको छ। त्यस्तै बाबुराम ज्ञवाली नेपाली कांग्रेस सत्यवती ५ वडा कार्यसमिती परिवार, श्री सत्यवती मा वि परिवार, श्री सत्यवती बहुमुखी क्याम्पस परिवार, कुमारी बैंक खैरेनी शाखा परिवार। साइन रेसुङ्गा बैन्क खैरेनी शाखा , विमलराज क्षेत्री लोक गायक, योगराज कंण्डेल नेता नेपाली कांग्रेस, कविराज भुसाल पत्रकार, कमल दाई, गोविन्द गौतम भुर्तुङ, सन्तोष केसी शान्तिपुर, कृष्ण खरेल नेपाल तरुण दल केन्द्रीय सदस्य, माधव न्यौपाने हुँगा, बोधराज कँडेल मानकोट, नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिले दुःखलाई आफ्नो सम्झिएको छ। डा. तुल्सी पाण्डे अस्लेवा, मोतीलाल भण्डारी हुँगा, नवीन केसी, भरत बस्नेत जोगीन्दर पानवाला नेपाल सांस्कृतिक संघ, रमेश कोइराला नेपाल सांस्कृतिक संघ, मौसम भण्डारी, जय नेपाल ढकाल चेघा, दीपक बाबू कँडेल गोर्खा पालुङटार पूर्व मेयर, डिल्लिराज पान्डे अस्लेवा, प्रेम पुनथोकी अर्घाखाँची, कृष्ण सेन्चुरी जोहाङ , कमल ज्ञवाली, रामप्रसाद भन्डारी मानकोट, लिला क्षेत्री हसँरा, भ्याली कन्सल्टेन्सी परिवार काठमाडौं, क्यादाई एजुकेशन वेनी, हाम्रो दुःखमा जोडिनुभयो। बिजु पौडेल, निम खत्री बाग्लुङ , अमृत पान्डे सबल पोस्ट परिवार , नेपाली कांग्रेस सत्यवती ६ परिवार , नेपाली कांग्रेस सत्यवती गापा परिवार, नेकपा एमाले सत्यवती ५ परिवार, सम्पूर्ण आचार्य मावली परिवार, सम्पूर्ण बूढामावली परिवार, ससुराली परिवारका इष्टमित्रहरु सम्पूर्ण हँसराबासी इस्टमित्रहरु दुःखसँग हुनुभयो । वाणिज्य क्याम्पस बुटवल शंकरदेव क्याम्पसका मेरा सहपाठी मित्रहरु यस्तो शोकाकुल समयमा सान्त्वना दिन एवं दिवंगत पिताप्रती श्रद्धाञ्जली दिन आउनुहुने सबैमा हार्दिक आभार प्रकट गर्छु, बाको उपचारमा संलग्न हुनुभएका अपरिचित डाक्टर नर्स , कुरुवाको रूपमा सहयोग गर्नुहुने बन्धुजनहरु, मठ देखि सागर सम्म र तेह्रौं दिनसम्म सहयोग गर्नुहुने सबैमा समग्र परिवारको तर्फदेखि हृदयतः साधुवाद अर्पण गर्दछु ।  

Tags: