मेयर रेनु दाहालद्वारा नगर प्रहरीको आवासीय भवनको शिलान्यास

Image
चितवन – भरतपुर महानगरपालिकाको नगर प्रहरी बलको भवनको बिहीबार शिलान्यास गरिएको छ । भवनको संयुक्त रुपमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्त पमा गरेका थिए । निर्माणधीन प्रशासकीय भवनको उत्तरतर्फ १९२९ दशमलव ८ वर्ग फिट क्षेत्रफलमा ३ तले भवन निर्माण हुन लागेको हो । भवनमा ५० जना नगर प्रहरीको आवससहितको क्षमता रहेको महानगरका ईन्जिनियर घनश्याम मिश्रले जानकारी दिए । ३ तल्लाको भवनमा प्रत्येक तल्लाको फ्लोर एरिया हुनेछ । भवनमा महिला र पुरुष प्रहरीलाई बस्न मिल्ने गरी छुट्टाछुट्टै अवास र शौचालको व्यवस्था गरिएको मिश्रले जानकारी दिए । निर्माणको जिम्मा एमएस कनसोडिटेड ईन्जिनियरिङ बिल्ड प्रालिसँग रु १ करोड २४ लाख ७ हजार १ सय ८० रुपैयाँमा सम्झौता भएको हो । सम्झौता मितिले २०८१ साल जेठ ३० गतेसम्म २ तल्लासम्मको सम्पूर्ण कार्य र तेस्रो तलाको छत ढलान गर्नुपर्ने बताइएको छ । यसअघि नगर प्रहरीले अस्थाई भवनहरुबाट सेवा दिँदै आइरहेको थियो । नगर प्रहरीले भवन अभावका कारण रात्रीकालिन डियुटी दिन असहज हुने गरेको नगर प्रहरीका इन्सपेक्टर मेघराज भट्टराईले बताए। महानगरले नगर प्रहरीको संख्या वृद्धि गरी ७३ जना पुराएसँगै छुट्टै भवनको अवश्यकता पनि रहेको थियो । नगर प्रहरीको भवन निर्माण भएसँगै नगर प्रहरीको कार्य सम्पादन वृद्धि भएर जाने अपेक्षा लिइएको थियो। दाहालद्वारा प्रशासकीय भवनको निरीक्षण बिहीवार नै प्रमुख दाहालले निर्माणधीन प्रसाशकीय भवनको निरीक्षण गरेका थिए । भवनको अहिले तेस्रो तलको ढलानको तयारी भईरहेको छ । भवनको निर्माण प्रगति ४३ प्रतिशत पुगेको इन्जिनियर साकार लामाले जानकारी दिए । महानगरले पुरानो भवनबाट सेवा प्रवाहमा अप्ठयारो भएसँगै नयाँ संघ र प्रदेशको लगानीमा निर्माण भइरहेको छ ।  
Tags: