८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण

Image
डोल्पा– केन्द्रीय विद्युत् लाइनको पहँुचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उनले बताए। नेपाल विद्युत् प्राधिकरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीले डोल्पालाई तत्काल विद्युतीकरण गर्नका लागि पालिकास्तरमै बोलपत्र आह्वान गरेर काम सुरु गरेका छन् । मुड्केचुला तल्लो डोल्पामा पर्दछ । हिमाली जिल्लामा केन्द्रीय लाइन विस्तार हुन नसकेका ठाउँमा सोलार प्राविधिबाट विद्युत् लिने प्रदेश सरकारको लक्ष्य छ ।
Tags: