कांग्रेसका युवा नेता विमल ज्ञवालीलाई पितृ शोक

Image
काठमाडौं – नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य, नेपाली कांग्रेस सत्यवती–काठमाडौं सम्पर्क समितिका सभापति तथा युवा व्यवसायी विमल ज्ञवालीलाई पितृ शोक परेको छ । ज्ञवालीका बुवा पिताम्बर ज्ञवालीको ७८ वर्षको उमेरमा गत आइतवार निधन भएको हो । पूर्व जनप्रतिनिधि तथा समाजसेवी ज्ञवाली केही समयदेखि अस्वस्थ थिए। उनका श्रीमती, ४ छोरा १ छोरी छन्। संघीय सांसद तथा कांग्रेस नेता चन्द्र भण्डारीले ज्ञवालीको निधनले मर्माहत भएको बताएका छन्। ज्ञवालीको निधनले जिल्ला पार्टीमा ठूलो क्षति पुगेको उनको भनाइ छ । ज्ञवालीको निधनमा पार्टी जिल्ला सभापति खिलध्वज पन्थी, जिल्ला समन्वय समितिका सभापति दोर्ण खत्री, तरुण दल केन्द्रीय सदस्य कृष्ण खरेल, महासमिति सदस्य अमृत ज्ञवाली, महाधिवेशन प्रतिनिधि तुलसी पाण्डेय, सन्तोष केसी, प्रदेश सदस्य डा. प्रकाश ढकाल लगायतले भेटेर र पत्रमार्फत शोक व्यक्त गरेका छन्। यसैबीच नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले दुःख व्यक्त गरेको छ । शनिवार दिवंगत भएका ज्ञवालीको निवासमा आयोजित शोकसभामा क्षेत्रीय सभापति पारिश्वर ढकाल, सत्यवती गाउँपालिका सभापति विष्णुप्रसाद भण्डारी, प्रदेश ‘क’का सचिव लिला क्षेत्री, सत्यवती–५ का सभापति नेत्र क्षेत्री, नेकपा एमाले सत्यवती–५ वडा कमिटीको उपस्थिति थियो।  
Tags: