सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्यूरिटिज सञ्चालनमा

Image
काठमाडौं – धितोपत्र व्यवसायी (धितोपत्र दलाल) सीबीआईएल सेक्यूरिटिज कम्पनी लिमिटेड (धितोपत्र दलाल नं.९१) आइतवारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक समारोहका बीच सिटिजन्स बैंकका सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले विधिवत् उद्घाटन गरी कम्पनीको टीएमएस सेवा सञ्चालनमा ल्याएको बताइएको छ । सो अवसरमा अध्यक्ष पाण्डेले धितोपत्र बजारमा कम्पनीले आफनो छुट्टै पहिचान बनाउने धारणा राखे । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनमा विभिन्न किसिमका सेवा सुविधा ग्राहकमाझ ल्याउने गरी थप संस्थाको स्थापना गर्न सकिने बताए । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएको बताइएको छ ।  
Tags: