एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Image
काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर, जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार, फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम गरेको हो । विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले संस्थाले एक दर्जनभन्दा बढी विद्यालयका करीब ३०० विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको बताइएको छ । वित्तीय सेवा तथा पहुँचको अवसरबाट वञ्चित ग्रामीण क्षेत्रका सर्वसाधारण र वित्तीय कारोबार बारे अनविज्ञ विद्यार्थीलाई वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउन कार्यक्रम सहयोगी बनेको संस्थाको भनाइ छ । संस्थाले हाल २८९ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
Tags: