कुमारी बैंकको स्वामित्वमा रहेको केबीएल सेक्यूरिटिजकोे औपचारिक कारोबार शुरू

Image
काठमाडौं – केबीएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४)ले सोमवारबाट औपचारिक रूपमा धितोपत्र कारोबार शुरू गरेको छ । कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले कारोबार शुरुआतको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा कम्पनी तथा कुमारी बैंक सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको उपस्थिति थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न कम्पनी सधैं प्रयासरत रहने बताए । केबीएल सेक्यूरिटिज कुमारी बैंकको पूर्ण स्वामित्वमा रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी रहेको बताइएको छ ।  
Tags: