ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सेवा शुरू गर्यो

Image
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज लिमिटेड ( धितोपत्र दलाल सदस्य नं ८९) ले सोमवारदेखि धितोपत्र कारोवारसम्बन्धी सेवा शुरू गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच टीएमएसमार्फत धितोपत्र खरीद सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष ढकालले धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत कम्पनीले महŒवपूर्ण भूमिका निर्वाह बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा कम्पनी उदाहरणीय बन्ने अपेक्षा गरे । कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा लगायतको उपस्थिति थियो ।
Tags: