ल्याण्ड लाइन फोन छ ? टेलिकमले निःशुल्क इन्टरनेट सुविधा दिने

Image
काठमाडौं – एनटी फाइबर प्रविधिअन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने भएका छन् । नेपाल टेलिकमले आजदेखि लागु हुनेगरी एनटी फाइबर प्रविधिअन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिने बताइएको छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिने बताइएको छ । एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुने प्रवत्ता अधिकारीले जानकारी दिए। एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने बताइएको छ ।
Tags: