थुलुङ दुधकोशी–७ मा प्रसूति सेवा सुरू, नवनिर्मित भवनको अध्यक्ष राईले गरे उद्घाटन

Image
सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति  सेवा सुरू भएको छ । आइतवार गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसँगै सेवा सुरू भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको स्वास्थ्यप्रति आफुहरू सचेत रहेको बताए । जनताबाट सहयोग संकलन गरेर मुक्लिमा अस्पताल निर्माण गरी सञ्चालन गरेको भन्दै अध्यक्ष राईले जुबुमा पनि अर्को अस्पताल निर्माणको चरणमा रहेको बताए ।
स्वास्थसँगै सबै क्षेत्रको विकासमा आवश्यक बजेट व्यवस्था गर्नको लागि  आफू दिनरात नभनी लागि परेको भन्दै अध्यक्ष राईले नागरिकको सहभागिता महŒवपूर्ण रहेको बताए । नागरिकको सहभागिता र उत्कृष्ट कामको लागि वडा नम्बर ७ बाट अन्य वडाले समेत सिक्नुपर्ने आधार खडा भन्दै अध्यक्ष राईले यहाँ सञ्चालन भएको खानेपानी योजना, नाम्सेको विद्यालय भवनदेखि वर्थिङ भवन लगायतको कार्य प्रशंसा योग्य रहेको उनको भनाइ छ ।
यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले वडा नम्बर ७ मा वर्थिङ सेवा सुरू भएकोमा बधाई दिदै थप सेवा विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको भन्दै उपाअध्यक्ष राईले जुनसुकै क्षेत्रको विकासमा नेतृत्वको भूमिका महत्वपुर्ण रहेको बताइन्। वडामा सही नेतृत्व र नेतृत्वलाई सहयोग गर्ने नागरिक भएकै कारण एकपछि अर्को विकास निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । यस्तै थुलुङ दुधकोशी गाउँकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक बुद्धिराज राईले विकास निर्माणको हिसाबमा वडा नम्बर ७ सबैभन्दा अघि रहेको बताए ।
यस्तै पुर्व वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपार्टी समितिका अध्यक्ष रामसंघर्ष किराँतीले माओवादीले नेतृत्व गरेको वडा तहदेखि गाउँपालिका सम्मको विकास निर्माणका कार्यहरू जनपक्षीय र दुरगामी महŒवको भएको बताए ।
कार्यक्रम समापन गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले सबैलाई धन्यवाद दिँदै वडाको विकासमा एकजुट हुन आग्रह गरे । निर्वाचित भएपछि विभेदरहित ढंगबाट कामरहेको भन्दै अध्यक्ष कार्कीले सामुदायिक स्वास्थ्य इकाईमा दुईजना मात्रै कर्मचारी भएपनि चेराखु र बोगल टोलमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर औषधि उपचार गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
गाउँपालिका अन्तरगतको रू. ३५ लाख बजेटबाट ६ कोठे प्रसूति गृह निर्माण गरिएको वडा अध्यक्ष कार्कीले बताए । २०८० असारमा शिलान्यास गरिएको उक्त भवन स्वास्थ्य व्यवस्थापन समितिले ५ महिनामा निर्माण सम्पन्न गरेको हो । साथै निर्माणसम्बन्धी आयव्याय समेत सार्वजनिक गरिएको छ ।
Tags: