थुलुङ दुधकोशी गाउँपालिकाको कफीलाई विश्व बजारमा पुर्याउँछौं : अध्यक्ष राई

Image
सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले थुलुङदुधकोशी गाउँपालिकाको कफीलाई ब्राण्डिङ गरिने बताएका छन् । व्यावसायिक तरकारी तथा फलफूल खेती र तिनका रोगकिरा साथै मलखाद व्यवस्थापन सम्बन्धी २ दिने तालिम समापन समारोहमाा बोल्दै अध्यक्ष राईले थुलुङ दुधकोशीको कफीलाई विश्व बजारमा पु¥याउने गरी काम भइरहेको बताए । अहिले गाउँपालिकाले कफी निर्यातमा रोक लगाउने समेत निर्णय गरी प्रशोधनको कार्य अघि बढाइएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।यस्तै पालिका अध्यक्ष राईले अबदेखि उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरिने भन्दै स्थानीय पाठ्यक्रम समेत निर्माण गरी कृषि उत्पादन बढाउने कार्यक्रम सञ्चालन गरिने बताए। अनुदान दिएर उत्पादन गर्न लगाउँदा वास्तविक कृषकले लाभ लिन नसकेको भन्दै उनले झोलामा कागजात बोकेर अनुदान लिने कार्य बन्द नहुँदासम्म कृषिमा सही नतिजा नआउने दावी गरे । गाउँपालिकाको आयोजनामा आयोजित उक्त तालिममा जैविक मलखाद व्यवस्थापन सम्बन्धी सीप महत्वपूर्ण रहेको सहभागी सुमी राईले बताइन् । तरकारी खेती गरिरहेको भएपनि त्यसको रोगकिरा नियन्त्रणसम्बन्धी ज्ञान नहुँदाको समस्याले सताएको भएपनि यो तालिमले न्यूनीकरण गर्ने उनको विश्वास छ । यस्तै तालिममा सहभागी नेतकुमार राईले विद्यालय शिक्षामा समेत कृषिलाई जोड दिन आग्रह गरे। तालिमले वास्तविक कृषकलाई धेरै कुराहरूको सीप सिकाउन सफल भएको सहभागीले प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको आयोजना तथा अमृत एग्रो इण्डस्ट्रिज प्रा.लि नवलपरासी र जेनिश एग्रोभेट एण्ड सम्पालायर्सको प्रायोजनमा सञ्चालित तालिममा ८० जना भन्दा बढी कृषकको सहभागीता रहेको गाउँपालिका प्रवक्ता कार्कीले जानकारी दिए । तालिमको सहजीकरण शिव यन्दो र अतीत खड्काले गरेका थिए।
Tags: