धुम्रबराह माविमा ‘कुसोम रोट्रयाक्ट क्लब’को सहयोग

Image
काठमाडौं – काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘कुसोम रोट्रयाक्ट क्लब’ले धुम्रबराह माध्यमिक विद्यालयलाई विभिन्न सहयोग गरेको छ । शुक्रवार सो विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लबका संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको अवसरमा कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरी विभिन्न सामग्री हस्तान्तरण गरेकी हुन् । सो अवसरमा पुनः प्रयोग गर्न मिल्ने प्याड १३० थान, २५ थान अन्डरवेयर, कलर पेन्सिल तथा कलर ९६ थान, कपी १०० थान, पुस्तकालयको लागि सन्दर्भ पुस्तक ७० ओटा, पेन्सिल ब्याग १०० ओटा, खेलकुद सामग्री (ब्याडमिन्टन, फुटबल र टेवल टेनिस) र ट्रयाकसुट लगायतका लुगा विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरिएको हो । संस्थापक सभापति चिमौरियाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन् । उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लब अफ पाटन साउथ, प्रभु बैंक, इ नयाँ क्याफे र बुद्ध पब्लिकेशनलगायतको सहयोग रहेको बताइएको छ ।
Tags: