रगतको अभाव टार्न पश्चिम चितवन पत्रकार मञ्चको पहल

Image
पश्चिम चितवन– चितवनमा भएको रगत अभावलाई ध्यानमा राखि पश्चिम चितवन पत्रकार मञ्चले रक्तदान कार्यक्रम गर्ने भएको छ । शनिवार सम्पन्न मञ्चको सचिवालय बैठकले २८ साउनमा भरतपुर १९ रामपुर बजारमा रक्तदान गर्ने तयारी गरेको हो । मञ्चका अध्यक्ष अपिल घिमिरेका अनुसार मेडिकल सिटि भन्ने गरिएको चितवनमा बर्षा र गर्मीका कारण रक्तदान क्याम्प आयोजना हुन सकेको र भएपनि मानिसहरुको कम उपस्थिति भएको अवस्थामा रक्तदान कार्यक्रम गर्न लागिएको बताए । रगत अभाव भएपछि चितवनमा अहिले बाहिरी जिल्ला बाट रगत ल्याउनु पर्ने बाध्यता छ । यस्तै बैठकले आउँदै गरेको हरितालिका तिजको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ११ भदौमा भरतपुर २८ का दिदिबहिनीहरु संग तिज पर्वको महत्त्व विषयमा अन्तरक्रिया तथा दरखाने कार्यक्रम आयोजना गर्न लागेको मञ्चको महिला सशक्तिकरण उपसमितिकी सविता अधिकारीले जानकारी दिईन् । मञ्च मार्फत पश्चिम चितवनको पत्रकारीताको ईतिहास समेटिएको पुस्तक प्रकाशनको पनि तयारी हुँदैछ । प्रतिवेदन लेखन उपसमितिका संयोजक रामशरण गैरेका अनुसार मञ्चमार्फत अहिले पुराना पत्रकारको खोजी र इतिहास खोजीको काम हुँदैछ । यस्तै पश्चिम चितवन पत्रकार मञ्चले सदस्य बन्ने चाहाना भएकाहरुका पत्रकारहरुका लागि सदस्यता पनि खुलाएको छ । पश्चिम चितवन घर भएका वा पश्चिम चितवनमा रहेका मिडियामा काम गरेका पत्रकारहरुले मञ्चको सदस्य बन्न पाउँने छन् । पश्चिम चितवनका पत्रकारहरु एकता र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले स्थापना गरिएको पश्चिम चितवनका पत्रकारहरुको यो साझा संस्था हो ।
Tags: