सिआन सिटीले भरतपुरलाई उपलब्ध गरायो ‘साइटबोट’

Image
काठमाडौं– चीनको सिआन सिटीका प्रतिनिधिले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै भरतपुर महानगरपालिका लाई साइडबोट उपकरण उपलब्ध गराएका छन् । मित्र राष्ट्र चीनको सिआन सिटीका प्रतिनिधिले बिहीवार महानगरपालिका आइ पर्यटकीय पूर्वाधार साइडबोट उपलब्ध गराएका हुन् । साइडबोट एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा भएको बताइएको छ। यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो । यो उपकरणले १० किलोमिटर टाढाका दृश्यहरुलाई सजिलै कैद गर्न सक्ने बताइएको छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ ।
Tags: