व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम प्रारम्भ

Image
विराटनगर – सुरक्षित एवं स्वस्थ्य कार्यस्थलका साथै श्रमिक शक्तिमा उद्योगको उत्पादकत्व निर्भर रहने कुरालाई आत्मसात गरी उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा आज मिति २०८० मंसिर २१ गते देखि तीन दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धी तालिम प्रारम्भ भएको छ । तालिममा संगठनका कार्यवाहक अध्यक्ष सुवोध कोइरालाले प्रविधिको विकाससँगै कार्यस्थलमा जोखिम र जटिलताका साथै नया“ चूनौतिहरु थपिदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ्य, सुरक्षित, व्यवस्थित मर्यादित बनाउनुपर्ने आवश्यकतालाई वोध गरी संगठनले तालिमको आयोजना गरेको बताए । श्रमिकको सुरक्षा र स्वास्थ्यले उद्योगको उत्पादकत्व, वस्तुको गुणस्तरका साथै औद्योगिक विकासमा समेत प्रभाव पर्ने भएकाले जोखिम रोकथाम र न्यूनीकरणका उपायहरु सबैले अवलम्वन गर्नुपर्ने धारणा राखे । उनले असल उत्पादनको अभ्यासमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए । तालिमका प्रशिक्षक एवं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विशेषज्ञ दिनेश प्रसाद साहले तीन दिने तालिममा नीतिगत र कानुनी प्रावधानहरु, व्यवस्थापन पद्धती र सुरक्षा योजना, सुरक्ष्ँित कार्यस्थल विकास, जोखिम पहिचान एवं व्यवस्थापन र जोखिम नियन्त्रणका वारेमा उद्योग प्रतिष्ठानका व्यवस्थापकहरुलाई ब्यवहारिक ज्ञान दिइने बताए । उनले तालिम अवधिमा सहभागि भएका उद्योग प्रतिष्ठानहरुका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पद्धती विकास गरिने बताउँदै मानवीय एवं भौतिक क्षति न्यूनीकरण, उत्पादन प्रकृया एवं पद्धतिलाई जोखिममुक्त वनाउने, मेशिन औजारको सुरक्षित संचालन विधिका विषय तालिमका समेटिएको जानकारी दिए । सुनसरी मोरङ औद्योगिक करिडोरका वीश उद्योग प्रतिष्ठानका व्यवस्थापक, प्रशासक र प्राविधिक गरी पच्चीस जनाको तालिममा सहभागिता रहेको बताइएको छ ।  
Tags: