ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल

Image
काठमाडौं – ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त भएका छन् । कायममुकायम सीइओको रुपमा रहेका ढकाललाई संचालक समितिको बैठकले ढकाललाई सिईओको नियुक्ती दिएको हो । यसअघि कम्पनीको सीईओ रहेका श्री चन्द्र भट्टले राजीनामा दिएपछि कम्पनीको संचालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरि ढकाललाई सीईओमा नियक्त गरेको हो । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।
Tags: