सूचना प्रविधि : सम्भावना भएको निर्यात क्षेत्र

Image

डा. अमृता शर्मा | नेपालको वर्तमान आर्थिक परिदृश्यमा, सूचना प्रविधि (आइटी) सेवा निर्यात उदीयमान क्षेत्रका रुपमा विकास भरहेको छ । २१औँ शताब्दीमा प्रविधिको विकास र विश्वव्यापी बजारीकरणले सम्भावित उपभोक्तामा पहुँच, डिजिटल उत्पादनको बढ्दो माग, रोजगारीका अवसरले सीमाविहीन श्रमबजार र उत्पादनको अवधारणालाई मूर्तरूप दिएको छ । विश्वभर नै सूचना प्रविधि उद्योगको योगदान बढ्दो भएकाले नेपालले यसबाट अझै बढी लाभ लिनसक्ने सम्भावना पनि त्यतिकै रहेको छ । आइआइडिएसको एक अध्ययनका अनुसार नेपालमा वार्षिक करिब ६७ अर्ब रूपैयाँ बराबरको आइटी सेवा निर्यात भएको छ । सन् २०२२ लाई आधार मानेर हेदा यो विदेशी मुद्रा सञ्चितिको ५.५% र नेपालको कुल अर्थतन्त्रको १.४% हो । आइटी निर्यात कम्पनी र स्वतन्त्र निर्माता (फ्रिल्यान्सर) को संलग्नता उच्च गुणस्तरको रहेको र यी उपलब्धिले नेपालको आर्थिक विकासमा ठूलो योगदान पु¥याउने सम्भावनालाई पनि उजागर गरेको छ । नेपालको आइटी क्षेत्रले सेवा निर्यातमा देखाएको आशाजनक वृद्धिले भविष्यमा राष्ट्रिय अर्थतन्त्रमा पु¥याउने योगदान पनि ठूलो अवसरका रुपमा लिन सकिन्छ । यति हुँदा हुँदै पनि आइटी उद्योग प्रवद्र्धन गर्ने नेपालको प्रयास छिमेकी देशहरुको तुलनामा सीमित छ । दुई ठूला उत्पादक देशबाट घेरिएको भूपरिवेष्टित नेपाल निर्यात गर्ने क्षमतालाई हेर्दा वस्तु निर्यात गर्न तुलनात्मक रुपमा धेरै पछाडि छ । तथापि नेपाल जस्तो देशको लागि सेवा निर्यात वर्तमान र भविष्य हो, जसले हालको व्यापार घाटालाई सन्तुलित बनाउन पनि सहयोग गर्न सक्छ । नेपालमा यस उद्योगले हालैका वर्षहरुमा गरेको उल्लेखनीय वृद्धिलाई अझै विकास गर्न विद्यमान समस्या समाधान गर्न जरूरी देखिन्छ । अपर्याप्त डिजिटल पूर्वाधार, सीमित नीतिगत संरचना, दक्ष जनशक्तिको अभाव यथोचित क्षमताको प्रयोग गर्न अपर्याप्त प्रयास, प्रतिबन्धित भुक्तानी प्रणाली, अवैज्ञानिक कर छुट प्रणाली, संस्थागत व्यवस्था र केही सामाजिक संरचना केही चुनौतीका रुपमा देखिएका छन् । नेपालले आधारभूत पूर्वाधारमा ठुलै फड्को मारेर कनेक्टिभिटी सुनिश्चित गर्दै उल्लेखनीय प्रगति गरे तापनि यसको पहुँच सहरी क्षेत्रमा मात्र सीमित छ । त्यसैगरी, उच्च गतिको इन्टरनेट जडान, डाटा सेन्टरहरुको विदेशमा निर्भरता, विपद् पुनस्र्थापना केन्द्र, उच्च क्षमताको सूचना प्रविधि राजमार्गको आवश्यकता पनि उत्तिकै छ । आइटी सेवा निर्यात उद्योगमा अर्काे समस्या भनेको अस्पष्ट नीति रहेको छ । आइआइडिएसकै अध्ययन अनुसार पनि करिब ७०% उत्तरदाताले सूचना प्रविधि क्षेत्रको विकासका लागि नेपालको नीतिगत रूपरेखा राम्रोसँग तयार नभएको बताए । अपर्याप्त बौद्धिक सम्पत्ति संरक्षण, डेटा गोपनीयता र सुरक्षा ड्राफ्ट आइटी बिलहरु, सीमापार डेटा प्रवाहमा सम्भावित प्रतिबन्धका सङ्केत केही सम्बोधन गर्न आवश्यक क्षेत्रहरु हुन् । आर्थिक वर्ष २०७९÷८० को बजेटमा गरिएको प्रत्यक्ष वैदेशिक लगानीको न्यूनतम थे्रसहोल्ड, बिपिओ कम्पनीलाई ५०% कर छुट आदिको समायोजनले आईटी सेवा निर्यातलाई केही बढावा दिए पनि प्रोत्साहनका हिसाबले सर्वाङ्गीण विकासका लागि अझै पर्याप्त र स्पष्ट नीति नियमको आवश्यकता रहेको छ । त्यसैगरी राजनैतिक र प्रशासनिक क्षेत्रले यस आइटी सेवा निर्यातको महत्व बुझेमा थप अवसरको सिर्जना गर्न पनि सकिन्छ । अर्काे समस्याका रुपमा देखिएको मानव संसाधनको गुणस्तर हो, जसलाई सबै क्षेत्रबाट प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । आइआइडिएसकै सर्वेक्षणमा पनि ७४.२% कम्पनीका सञ्चालकले नेपालको शैक्षिक गुणस्तरमा प्रश्न गरेका छन् । साथै उनीहरुले यसलाई एक प्रमुख समस्याका रुपमा पहिचान गरेका छन् जसले उत्पादकत्वमा ठूलो प्रभाव पर्ने गर्दछ । समग्रमा शैक्षिक प्रणालीमा सुधार र थप प्रशिक्षणका अवसर मार्फत गुणस्तर साथै पर्याप्ततालाई सम्बोधन पनि गर्ने देखिन्छ । त्यसैगरी, चुनौतीका रुपमा देखिएको भुक्तानी प्रणालीसँग सम्बन्धित समस्या सम्बोधन गर्न बैंकिङ र वित्तीय संस्थाका लागि विश्वव्यापी आइटी उद्योगका अभ्यासबारे जानकारी हुनु आवश्यक देखिएको छ । अर्काे चुनौती सार्वजनिक सेवा प्रवाहमा देखिएको झन्झट, कर प्रणालीमा अस्पष्टता आदि देखिएको छ, जसबारे सरोकारवालाहरुलाई आवश्यक सूचना दिई यसको संवेदनशीलतालाई सम्बन्धित कम्पनीलाई बुझाउन जरुरी देखिन्छ । त्यसैगरी, अर्काे महङ्खवपूर्ण पाटो भनेको प्रभावकारी संस्थागत संयन्त्रको अभाव हो । आइटी क्षेत्रलाई प्रवद्र्धन गर्नका निम्ति एक स्वायत्त संस्थाको आवश्यकता पनि सरोकारवालाहरुले महसुस गरेका छन् । यस क्षेत्रका विकासका लागि आवश्यक कानुन, योजना नीति निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राख्नका निम्ति स्वायत्त संस्थाले प्रमुख भूमिका खेल्न सक्छ । आइटी क्षेत्रको विकासका लागि अर्काे महङ्खवपूर्ण पाटो भनेको हाम्रो सामाजिक—सांस्कृतिक पृष्ठभूमि पनि हो । हाम्रो जस्तो विविधता भएको देशमा यस क्षेत्रको विकासका लागि हाम्रो मानसिकता परिवर्तनलाई आत्मसात् गर्न सक्ने सोच, र निरन्तर सिकाइलाई प्रोत्साहन गर्न वातावरणको पनि त्यतिकै महङ्खवपूर्ण भूमिका रहन्छ । त्यसैगरी, व्यावसायिक विकासका अवसर प्रदान गर्न, स्वस्थ कार्य—जीवन सन्तुलनलाई प्रवद्र्धन गर्ने संस्कृतिले आइटी सेवा निर्यात उद्योगले सकरात्मक कार्य संस्कृतिको विकासका साथै यस यस क्षेत्रको वृद्धिमा योगदान पु¥याउँछ । सङ्कटमोचन आइटी सेवा निर्यात गर्ने, कुल गार्हस्थ्य उत्पादन बढाउन र विदेशी मुद्रा आर्जनमा योगदान गर्ने क्षमता छ । यस क्षेत्रको थप विकास र रोजगारी सिर्जना गर्न सम्भाव्यतालाई पूर्ण उपयोग गर्न नीति, कार्यन्वयन, नवप्रवर्तन र उद्यमशीलतामा सुधार, सार्वजनिक—निजी साझेदारीको विकासका साथै सरोकारवालाहरुको सहकार्य आवश्यक छ ।  यी सबै चुनौतीको सम्बोधन गर्न विशेषतः सातवटा क्षेत्रमा कार्य गर्नुपर्ने देखिन्छ । पूर्वाधार विकास, लगानी र वित्तीय क्षेत्रको पर्याप्त सहयोग, मानव संसाधनको विकास, नीतिगत सुधार, आईटी क्षेत्रको ब्रान्डिङ र प्रवद्र्धन, समन्वय र सहयोग, नवीनता तथा उद्यमशीलताको प्रवद्र्धन । आईटी पूर्वाधारमा विशेषगरी नियमित विद्युतीय र इन्टरनेट आपूर्ति, भरपर्दाे डाटा ब्याकअप, सुरक्षा र व्यवस्थापन सुनिश्चितताका लागि रणनीतिक विकास गर्न आवश्यक छ । निर्बाध रुपमा गुणस्तर पूवार्धारले पहुँच बढाउनका साथै आर्थिक वृद्धिलाई बढावा दिँदै बृहत् इकोसिस्टमलाई बढावा दिन्छ । त्यसैगरी, आइटी क्षेत्रको विकासलाई बढावा दिन पर्याप्त आर्थिक स्रोतका लागि सरकार र वित्तीय क्षेत्रको प्रमुख भूमिका रहेको हुन्छ । त्यसैगरी अत्याधुनिक प्रविधि विकास गर्नका लागि अनुदान, कम्पनीलाई कम ब्याजमा ऋण र प्रोत्साहनका लागि सरकारले पनि सक्रिय भूमिका खेल्नु पर्छ । सरकारी पहलका अतिरिक्त बैंक तथा वित्तीय संस्थाले ऋण सुविधा र लगानीका विकल्प उपलब्ध गराउनु पर्ने देखिन्छ । आइटी क्षेत्र गतिशील भएकाले मानव पुँजी विकास निकै नै महङ्खवपूर्ण पाटो हो । नेपालको आइटी क्षेत्रमा रहेको सक्षम जनशक्तिको अभाव, शिक्षा प्रणाली र उद्योगबीचको खाडललाई कम गर्नका लागि युवाको सीप विकास, उद्योग शैक्षिक संस्थाबिचको साझेदारी र पाठ्यक्रमलाई अद्यावधिक गर्नु आवश्यक छ । यसका साथसाथै महिला, अपाङ्गता भएका व्यक्ति, ग्रामीण क्षेत्रमा जनशक्तिको विकास र अल्पसङ्ख्यक समुदायका लागि समावेशी कार्यक्रम निर्माण गर्नु आवश्यक छ । यसबाहेक मेन्टरसिप र उद्यमशीलतामा केन्द्रित कार्यक्रमले विश्वव्यापी प्रतिस्पर्धाका लागि दक्ष जनशक्ति विकास गर्न मदत गर्दछ । आइटी क्षेत्रको विकासलाई सबैभन्दा महङ्खवपूर्ण भूमिका सरकारी नीति र नियमले निर्वाह गर्दछ । यस उद्योगको समष्टिगत विकासका लागि सहज वातावरण सिर्जना गर्न कानुन, नीति निर्माण स्पष्ट हुन जरुरी देखिन्छ । यसका लागि उचित नीति, कर र श्रमसम्बन्धी कानुन तर्जुमा र भएका कानुनको उचित कार्यान्वयन आवश्यक छ । त्यसैगरी, नेपाली आइटी कम्पनीलाई विदेशमा आनो उपस्थिति स्थापित गर्न अनुकूल वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको आइटी क्षेत्रलाई प्रवद्र्धन गर्न धेरै पहलको आवश्यकता देखिन्छ । यसका लागि सरकारले नेपालको सूचना प्रविधि क्षेत्रलाई सम्भावना भएको मुलुकका रुपमा बजारीकरण गर्ने रणनीति बनाउन सक्छ । यसका लागि नेपालको आइटी क्षेत्रको ब्रान्डिङमा केन्द्रित हुन अन्तर—मन्त्रालय समन्वय, र प्रभावकारी नाराबाट नेपालको सूचना प्रविधि क्षेत्रलाई उच्च क्षमता भएको उदीयमान क्षेत्रका रुपमा चिनाउन सकिन्छ । यस उद्योगका सन्दर्भमा विभिन्न सरोकारवालाहरुबिच समन्वय र सहयोग आवश्यक छ । निजी—सार्वजनिक साझेदारी विश्वविद्यालय—उद्योग र अन्तर्राष्ट्रिय सहकार्यले विभिन्न क्षेत्रबाट विशेषज्ञता र स्रोत प्रयोग गर्न तथा आइटी उद्योगको विकासलाई बढावा दिन मदत गर्छ । त्यसैगरी नवप्रवर्तन र उद्यमशीलता यस उद्योगका केन्द्रविन्दु नै हुन् । शैक्षिक संस्थाहरुले अनुसन्धान र विकासका लगानी गर्ने र विद्यार्थीलाई सानैदेखि रचनात्मक परियोजनामा संलग्न हुन प्रोत्साहित गरियो भने यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्दछ । आर्थिक रूपान्तरण र वृद्धिको अवसरको रुपमा प्रस्तुत आइटी सेवा निर्यात क्षेत्र नेपालका लागि निकै महङ्खवपूर्ण छ । नेपालसँग आइटी सेवा निर्यात गर्ने, कुल गार्हस्थ्य उत्पादन बढाउन र विदेशी मुद्रा आर्जनमा योगदान गर्ने क्षमता छ, तर यस क्षेत्रको थप विकास र रोजगारी सिर्जना गर्न सम्भाव्यतालाई पूर्ण रुपमा उपयोग गर्न नीति, कार्यन्वयन, नवप्रवर्तन र उद्यमशीलतामा सुधार, सार्वजनिक—निजी साझेदारीको विकासका साथै सरोकारवालाहरुको सहकार्य आवश्यक छ । विश्वव्यापी परिदृश्यमा महङ्खवपूर्ण प्रभाव पार्न अनुकूल वातावरणको सिर्जना गर्नु महङ्खवपूर्ण देखिन्छ । – शर्मा आईआईडीएसकी अनुसन्धाता हुन् । (नेपाल आर्थिक पत्रकार समाज –सेजनको स्मारिका ‘अर्थनीति’ म्यागजिनमा प्रकाशित)

Tags: