चिसो छल्न ज्येष्ठ नागरिकलाई कम्मल सहयोग

Image
छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का जेष्ठ नागरिकलाई ओड्ने कम्मल हस्तान्तरण गर्दैै नगरप्रमुख विष्णुकुमार भाम । तस्वीर : हरिकृष्ण ऐडी हरिकृष्ण ऐडी मुगु – हिमाली जिल्लामा हिमपात भएपछि ज्येष्ठ नागरिकलाई चिसो बढेपछि छायाँनाथ रारा नगरपालिका वडा नं– १० र ११ का ज्येष्ठ नागरिकले कम्मल पाएका छन् । उनीहरूलाई चिसोबाट जोगाउन मंगलवार छायाँनाथ रारा नगरपालिकाले कम्मल वितरण गरेको हो। छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा ‘नगर प्रमुखसँग ज्येष्ठ नागरिक’ कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई चिसोबाट बच्नका लागि २० जना जेष्ठ नागरिकलाई २० थान कम्मल (बल्याङकेट) वितरण गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए। गाउँका विपन्न ज्येष्ठ नागरिकलाई जाडोका बेला न्यानो ओड्ने कम्मलको खाँचो छ । चिसोबाट बच्नका लागि भनेर उनीहरूलाई वितरण गरिएको हो भामले बताए । चिसोबाट बच्नकालागि हामी जेष्ठ नागरिकले बल्याङकेट पाउँदा खुशी लागेको स्थानीय ज्येष्ठ नागरिक रामबहादुर बुढाले बताए।  
Tags: