आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष मल्ल

Image
काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं साधारणसभा एवं तेस्रो अधिवेशनमा धारणा राख्दै उनले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महŒवपूर्ण रहेको बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारका तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्दछ र करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ ।’मुलुकमा पछिल्लो समय आर्थिक सूचक सकारात्मक भएपनि निजी क्षेत्र र आम सर्वसाधारणले त्यसको व्यावहारिक अनुभूती गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा उनले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा उनको भनाइ थियो । सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सधै अस्थिर हुने गरेको दाबी छ ।
Tags: