इमाडोलमा सिटिजन्स बैंकको १९० औं शाखा

Image
काठमाडौं – विगत डेढ दशक देखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा काठमाडौंको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यका भित्र बैंकका ३८ ओटा शाखा र वाग्मती प्रदेशमा ५२ ओटा शाखा पुगेका छन् । नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवा पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिने बताइएको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुुल्कमा ५० प्रतिशत छूट उपलब्ध रहेको बताइएको छ । यो सुविधा हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ । इमाडोलमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यस शाखा मार्फत लकर सेवा, ए।टि।एम।सेवा लगायत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Tags: