‘सीआईडी’का कलाकार दिनेश फडनिसको अस्ताए

Image
एजेन्सी– भारतीय टेलिभिजन शो ‘सीआईडी’ का कलाकार दिनेश फडनिसको निधन भएको छ । उनको मंगलवार कलेजोमा समस्याका कारण निधन भएको सीआईडीका अर्का कलाकार दयानन्द सेट्टीले जानकारी दिए। सोनी टिभीको चर्चित कार्यक्रम सीआईडीमा फ्रेडरिकको भूमिका निभाउँदै आएका अभिनेता फडनिसको निधन राति १२ बजेर ८ मिनेट जाँदा निधन भएको उनको भनाइ छ । उनले भने, ‘दिनेशको बिहान १२.०८ बजे अन्तिम सास भयो ।’ उनको मुम्बईको तुंगा अस्पतालमा उपचार भइरहेको थियो। उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवलीमा गरिने बताइएको छ । गत हप्ताको उनलाई हृदयघात भएको खबर आएको थियो । दयानन्द शेट्टीले उनको निधन हृदयघातबाट नभइ कलेजोमा भएको समस्यका कारण निधन भएको बताए। सेट्टीले भने, ‘पहिला त यो हृदयाघात होइन, कलेजोमा क्षति पुगेको थियो, जसका कारण उनलाई तुरुन्त मलाडको तुंगा अस्पतालमा लगिएको थियो । निकै जटिल थियो,’ उनले थपे, ‘दिनेश अरु कुनै रोगको उपचार गराइरहेका थिए तर औषधिले कलेजोमा नराम्रो असर ग¥यो। त्यसैले सधैं होसियारीपूर्वक औषधि सेवन गर्न सुझाव दिइन्छ। कुनै औषधिको उपचारका लागि सेवन गर्दा अर्को ठूलो रोग निम्त्याउन सक्छ भन्ने थाहा हुँदैन । एलोप्याथिक औषधिको बारेमा धेरै होसियार हुनुपर्छ।“
Tags: